अहँ, पैसाले खुशी किन्न सकिँदैन !

पैसाले खुशी कहाँ किन्न सकिन्छ र !’ ‘अनि के ले किन्न सकिन्छ त ?’ ‘खुशी किन्न सकिन्न, महसुस गर्न सकिन्छ ।’

पिंडीमा बसेर पासाङ आफ्नी नातिनी जुनमायालाई सम्झाउँदै थिए । ३ कक्षामा पढ्दै गरेकी जुनमायालाई आफ्नो मेमेको कुरा बुझ्न सकस भइरहेको उनको खुम्चिएको निधारले बताइरहेको थियो । मेमेको अनुभवी आँखाले जुनामायाको सकस ठम्याइहाले । नातिनीलाई काखमा राख्दै पासाङ बुझाउन थाले ।

‘गोजीभरि पैसा भए पनि मान्छे सन्तुष्ट हुन सकेन भने ऊ खुशी हुन सक्दैन । तिमीलाई कति पैसा दियो भने मेमे नभए पनि खुशी हुन्छौ भन त ?’
‘यस्तो बुढो मेमेलाई त म १० रूप्पेमै बेचिदिन्छु ।’ जुनमायाँले जिस्किदै भनी । हाँसो फैलियो आँगनमा ।

‘जिते, जुनु भात खान आओ ! स्कुल जान ढिला भइसक्यो’ भित्रबाट सुमति कराइन् ।

जितबहादुर, जुनमायाको दाइ चोटामा सावाँब्याजको हिसाब नमिलेर रन्थनिदै थियो । हिसाब नगरी गए कुखुरा बन्न पर्ने पक्का थियो । गरौँ, कताबाट सुरु गर्ने पनि थाहा पाउन सकिराखेको थिएन ।

‘आ…..जत्ति गरे नि मिल्दैन ।’ दिक्दार भएर कापी किताबलाई कोठाको कुनामा हुत्याइदियो र खाना खान दौडियो । चराले चारा टिपेसरि भात खाएर खाएर दाजुबहिनी स्कुलतिर दौडिए ।

स्कुल पुग्ने बित्तिकै जितबहादुर कसले हिसाब गरेको छ भनेर खोज्न थाल्यो । सूर्य जो गणितमा राम्रो विद्यार्थीको रुपमा चिनिन्थ्यो उसको कापी लिएर हिसाब सार्न बस्यो ।

‘यो सूर्यलाई कसरी जुन हिसाब पनि आउँछ होला रु’ उ मन मनै आफुलाई प्रश्न गर्दै थियो । अनि आफु बुध्दु भएको निस्कर्ष निकाल्यो । आजका लागि त सजायबाट बच्यो, भोलि के गर्ने भन्ने कुराले उसलाई पिरोलिरहेको थियो ।

आफु बुध्दु भएको कुराले घर पुग्दासम्म जितबहादुरलाई पिरोलिरहेको थियो । आज त झन् चक्रीय ब्याजको कुरा पनि थपिएको थियो । साधारण ब्याजले टाउको दुखिरखेको बेला चक्रीय ब्याजको कुराले उ थलै परेको थियो । गणितको किताब कापी अगाडि राखेर उ भुइँ कोट्याउँदै बसिरहेको थियो । आफ्नो नातिलाई धेरैबेरसम्म झोक्राएर बसेको देखेर पासाङले सोधे–

‘ओइ नाति केटा, के भयो तँलाई आज ?’

केही पनि भएको छैन भन्दै जितमान पिल्पिलियो ।

नातितिर नियालेर हेरे पासाङले । अगाडि छरिएको गणित किताब कापी देखेर पत्ता लगाइहाले ।

सोधे– ‘हिसाब आएन हो ?’

मेमेले आफ्नो मनको कुरा पत्ता लगाएकोमा जितबहादुरको अनुहार अलिकति उज्यालियो । तर उसलाई थाहा थियो मेमेले उसको समस्या समाधान गर्न सक्दैनन् । पासाङलाई पनि आफ्नो जमानाको ५ कक्षासम्मको पढाइले आफ्नो नातिको हिसाब सिकाउन सक्छु भन्ने त लागेको थिएन । तै पनि सोधिहाले –कुन पाठ ?

‘साँवा ब्याज’, जितबहादुरले न्याउरो स्वरमा भन्यो ।

‘साँवा ब्याजका कुरा त हामी बुढालाई नि आउँछ हौ । ल भन के आएन ।’ पासाङ जोस्सिए ।

‘खै कति वर्ष, के के दर भन्छ म त कुरै बुझ्दिन केही । सरले सूत्रमा सबै थोक छ, मान हाल्ने त हो भन्छन् । आफूलाई केही गर्न आउँदैन ।’ जितबहादुरले बल्ल खुलेर भन्यो ।

नातिको सबै कुरा सुनेपछि पासाङ एकछिन घोत्लिए । अनि कथा हाल्न थाले–‘परार साल तिम्रा बा विदेश जाने बेला हामीले ऋण लिएको थाहा छ ?’
‘थाहा छ, १,००,००० पो लिएको हो त पल्लो बारीको काकासँग ।’

‘कति ब्याज तिर्नुपर्छ थाहा छ ?’

‘छैन ।’

‘सयकडा दुइ तिर्नु पर्छ ।’

‘के भन्या त्यो सयकडा दुइ भन्या चै रु’ जितबहादुरले अचम्म मान्दै सोध्यो ।

पासाङले उज्यालो मुहार लगाउँदै भने,’ सयकडा दुइ भन्या चै एक महिनामा सयको दुइ रुपैयाँ ब्याज तिर्नुपर्छ भनेको हो ।’

‘सय रुपैयाँ ऋण लियो भने एक महिनामा दुइ रुपैयाँ ब्याज दिन पर्छ भनेको हो, बुझ्यौ ?’

‘रुपैया मात्र तिर्न पर्ने रु १०० रुपैयाँ चै तिर्न पर्दैन ?’

पासाङले हाँसो रोक्न सकेनन् । जितबहादुरको मुख झन् निन्याउरो भयो । नाति निरास भएको देखेर पासाङले काखमा राखेर भन्न थाले ।

‘१०० रुपैयाँ त साँवा भइहाल्यो नि, त्यो त तिर्नैपर्छ । अनि अर्काको पैसा सित्तैमा चलाउन पाइन्छ त रु त्यही भएर १०० रुपैयाँ चलाएबापत महिनाको २ रुपैयाँ तिर्नपर्छ । २०० सयको ४ रुपैयाँ, ३०० को ६ रुपैयाँ तिर्नपर्छ । ल भन त १००० को कति तिर्नुपर्छ होला ?’

जितबहादुर एकछिन घोत्लियो, औंला भाच्न थाल्यो, मनमनै हिसाब ग¥यो अनि दङ्ग पर्दै भन्यो– २० रूप्पे ।’

‘ठिक । अब भन त १,००,००० को कति तिर्न पर्छ ?’ पासाङले सोध्यो ।

जितले सोच्न खोज्यो तर मेसो पाउन सकेन ।

‘एक लाखमा कति वटा हजार हुन्छ रु’ पासाङले सोधे ।

‘१०० वटा ।’

‘एउटा १००० को ब्याज २० हो भने १०० वटा हजारको ब्याज कति हुन्छ त ?’

‘२०००’, जितबहादुरले झटपट भन्यो ।

‘अब महिनाको २००० तिर्नुपर्छ भने वर्षको कति तिर्नुपर्छ होला त ?’

‘वर्षमा १२ महिना, एक महिनाको २,००० भनेपछि १२ महिनाको २४,००० हुन्छ’ जितबहादुरले भन्यो ।

‘भनेपछि हामीले त वर्षको २४,००० पो ब्याज तिर्नुर्छ ? सयकडा दुइ भन्दा त कत्ति कम सुनिन्छ त ?’ जितबहादुर छक्क प¥यो ।

मेमे मुस्कुराए । अनि भन्न थाले, ‘अनि त, यो वर्ष तेरो बाबाले पैसा पठा’को छैन । ब्याज तिर्न सकिएला जस्तो छैन । अब अर्को वर्ष यो ब्याजको नि ब्याज तिर्नुपर्छ । बर्षैपिच्छे बढिरहने ब्याजले मार्ने भो नाती ।’

यता पासाङ निदाउँरिदै गए । उता जितबहादुरको दिमागमा बत्ती बल्यो,’ ल यही त हो नि चक्रीय ब्याज भन्या । बर्षैपिच्छे ब्याज बढी राख्ने ।’ हिसाब बुझेर उ दङ्ग पर्यो । मेमेको काखबाट फुत्त हामफाल्यो अनि बाख्राको पाठाजस्तो उफ्रिँदै, दुबै हात फिँजाएर हावामा कावा खाँदै दौडिन थाल्यो ।

‘ए ए लड्लास् । आखा हेरेर हिंड ।’ पासाङले त्यति भनुन्जेल जितबहादुर तीन कान्ला पर पुगिसकेको थियो । नाती रमाएको देखेर पासाङले आफ्नो छोरा सम्झे । उ पनि सानोमा खुशी हुँदा यसैगरी हुइँकिन्थ्यो । पासाङ टोलाउँदै घरको छानातिर हेर्न थाले । छोरो बिदेशिएपछि खरको चुहिने छानो फेरिएर जस्ताको बनेको थियो । केटाकेटीको आङ्गमा नयाँ लुगा थिए । मिठो मसिनो खान पाएका थिए । तर बाबुको मायाबाट भने बञ्चित भए ।

बुभएको भए जितेले हिसाब नआएर रन्थनिन पर्ने थिएन । भित्र हे¥यो, बुहारी अँगेनाको डिलमा टोलाउँदै सुक्सुकाउँदै थिइन् ।

‘परिवारमा अलेली सुख त भित्रिएको छ’ उसले आफैंलाई प्रश्न ग¥यो ‘तर के पैसाले खुशी किन्न सक्छ ?’

(लेखक नेपाल टिच फर नेपालसँग सम्बन्धित छन्)

प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ

 कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक

 सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले

 जंगम र गीतालाई सांगीतिक सम्मान

 काठमाडौं । नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिने भएको छ । विगत ५ बर्षदेखि सुगम