जंगम र गीतालाई सांगीतिक सम्मान

 काठमाडौं । नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिने भएको छ । विगत ५ बर्षदेखि सुगम साङ्गीतिक एवम् सांस्कृतिक र सास्त्रिय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गर्ने भएको हो । त्यसैगरी यो बर्षको विएफडियर हिल साङ्गीतिक पत्रकारिता सम्मान सञ्चारकर्मी गीता अधिकारीलाई प्रदान गरिने भएको छ ।

आयोजक समिति नेशनल क्यापीटल म्युजिक अवार्ड कार्यक्रम संयोजक कविता धितालले यो निर्णयबारे जानकारी गराएकी हुन् ।

  आगामी भदौ १७ गते नेपाल पर्यटन बोर्डको सभा कक्षमा चौथौ विएफडियर हिल नेशनल क्यापीटल म्युजिक अवार्ड प्रदान गरिने छ । समारोहमा नेपाली आधुनिक गीतसङ्गीत क्षेत्रका करिव ३५ विधाका उत्कृष्ट स्रष्टालाई अवार्ड वितरण गरिने बताइएको छ ।
 

तीन नेपाली कलाकारले फ्रान्समा हिउँको मूर्ति बनाउने

काठमाडौं ।  फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेशनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली छानिएको

 ‘बर्बरिक’वयान: राजा वीरेन्द्रसँग भेट्दा के भनेका थिए मदन भण्डारीले ?

काठमाडौं। स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म

सोनु निगमको हत्या गर्ने योजना बनाएको आरोप

काठमाडौं । बलिउडका चर्चित गायक सोनु निगमको हत्या गर्ने योजना बनाइएको समाचार आएको छ । गायक सोनु निगमको हत्या गर्ने योजना बनेको भारतको महाराष्ट्रका

क्यान्सरलाई पराजित गरे इमरान हाशमीका छोराले

काठमाडौं । बलिउड अभिनेता इमरान हाशमी ठूलो पीडाबाट मुक्त भएका छन् । उनका परिवारका लागि खुशीको दिन आएको छ । उनको छोरा अयान क्यान्सर रोगबाट मुक्त भएका