सामुदायिक विद्यायलले इञ्जिनियरिङ पढाउने 

पाल्पा, ३ भदौ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो । सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुनले सिभिल इञ्जिनियरिङ विषयको पढाइले धेरै विद्यार्थीले रोजगारी पाउने सम्भावना रहेकाले प्राविधिक विषयको कक्षा सञ्चालन गर्न गएको बताए । विद्यालयका प्रअ जनार्दन पाण्डेयले यस वर्ष ४८ जना विद्यार्थीलाई विद्यालयमा पढाउन सकिने गरी व्यवस्थापन गरिएको जानकारी दिए । विद्यालयले सबै तयारी पूरा गरेको प्रअ पाण्डेयको भनाइ छ । 

गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले प्राविधिक शिक्षा अहिले आवश्यकता भएकाले यस विद्यालयल सिभिल इञ्जिनियरिङ पढाइ गरी दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने बताए । 

यसै शैक्षिकसत्रदेखि पढाइ शुरु गर्ने तयारीमा विद्यालय जुटेको छ । निजी क्याम्पसमा अहिले निकै महँगो शुल्क तिरेर विद्यार्थी पढ्न बाध्य छन् । सामुदायिक विद्यालयमा सहुलियतमा पढ्न पाउने भएपछि विद्यार्थी खुशी भएका छन् । रासस

 राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क गए 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ

 गोपालदास पत्रकारिता पुरस्कार घिमिरेलाई

काठमाडौं । गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरे सम्मानित भएका छन् । प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिकोत्सवका अवसरमा

 भारतीय अभिनेत्री जया प्रदा नेपालकी सद्भावना दूत

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ । संस्कृति, पर्यटन

 फ्रान्समा तातो हावाले एक हजार ५०० को ज्यान गयो 

पेरिस । अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये अधिकांश जेष्ठ