उपत्यकामा ३ करोड लिटर खानेपानी थप


काठमाडौँ, २ भदौ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ ।

उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी वितरणको शुरुआत गर्दै सभामुख कृष्णबहादुर महराले पानीको अभावमा रहेका उपत्यकाका बासिन्दाका लागि राहत मिल्ने बताए ।

उनले भने, “धेरै नागरिक अझै स्वच्छ खानेपानीको पहुँच बाहिर छन् । संविधानको मौलिक हकका रुपमा स्थापित स्वच्छ खानेपानीको अधिकार सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ ।”

खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा आजैदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाए । उनले लिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिने बताए ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पानी प्रशोधन गरी वितरण हुने बताए । निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले थपिएको पानीले दैनिक आठ लाख ४० हजार जनता लाभान्वित हुने बताए । रासस

 

सर्वसाधरण कुट्ने प्रहरी निलम्बीत

गलकोट, १० माघ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ

सरकारलाई आवासीय चिकित्सक संघको अल्टिमेटम, शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

काठमाडौ,१० माघ । आवासीय चिकित्सक संघले आज बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा नगरे शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका

काठमाडौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु,मौसम सफा हुन अझै २ दिन लाग्ने

काठमाडौ,१० माघ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । बुधबार काठमाडौँसहित देशका अधिकांश

आजदेखि शहीद सप्ताह सुरु

काठमाडौ,१० माघ । आजदेखि शहीद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने