नेविसङ्घको कार्यकाल तीन महिना थप

काठमाडौँ, २ भदौ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको कार्यकाल तीन महिना थपिएको छ । 

नेपाली काङ्ग्रेसले नेविसङ्घको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो । नेविसङ्घको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ । 

विसं २०७३ भदौ ३ गतेको निर्वाचनबाट अध्यक्ष निर्वाचित हुनुभएका नैनसिंह महर नेतृत्वको कार्यकाल आज सकिएको थियो । पार्टीको निर्देशन समितिले १२औँ अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो । 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्न तीन महिनाको समयावधि थप गरिएको जानकारी दिए । रासस

‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’ःप्रधानमन्त्री

डाभोस,१० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,के–के छन् एजेण्डा ?

काठमाडौ,१० माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे

 डाभोसको माइनस १० डिग्रीको चिसोमा के गर्दैछन् प्रधानमन्त्री ओली

डाभोस, (स्वीटजरल्याण्ड) । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थ्विद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक

भैरहवाबाट हवाई प्रवेश बिन्दु दिन भारत सहमत

काठमाडौ,९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकालागि हवाई प्रवेश बिन्दु दिन