शंकर लामिछानेकी प्रिय भान्से

सानो छँदै कलाकार, साहित्यकार, संगीतकार र गायक गायिकाहरुको संगतमा हुर्केकी ममता कर्माचार्य काठमाडौंकी रैथाने हुन् ।
बरिष्ठ कलाकार उत्तम नेपालीकी छोरी ममताले धेरै साहित्यकार कलाकारलाई नजिकैबाट चिनेकी छिन् । उनीहरुको रचना र घरमा हुने सिर्जनात्मक छलफलले उनलाई कला र साहित्यप्रति गज्जबको रुची जगाई दियो ।

बुबाका साथीहरुको भेटघाट भैरहने आफ्नो घरमा कैयौं पटक साँझ खाना बनाई सकेपछि जमघट भैदिन्थ्यो । उनीहरुलाई खाना खुवाउने जिम्मा उनको काँधमा आउँथ्यो । पटक पटक साहित्यकार, कलाकारहरुलाई खाना बनाएर खुवाएकी छिन् ममताले । दुई थोक मात्रै तरकारी भएपनि त्यसैलाई थप डेकोरेसन र क्रियशन गरेर चार थोक बनाउन सक्ने उनको खुवीलाई निवन्धकार शंकर लामिछानेले पनि निकै तारिफ गरेको सम्झिन्छिन् ममता ।

यसरी हेर्दा ममतालाई शंकर लामिछानेले मन पराएकी भान्से भने पनि फरक पर्दैन ।

अहिले पनि आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतमले भेट्नासाथ त्यतिबेला बनाएर खुवाएको खानाको कुरा सम्झेर तारिफ गर्ने गरेको उनी गमक्क पर्दै सुनाउँछिन् ।

२०३९साल तिरको कुरा हो । उनी कन्या मावि लैनचौरमा पढ्थिन । स्कुलमा हुने कविता प्रतियोगितामा भाग लिन्थिन् । पुरस्कृत हुन्थिन् । उनलाई कविताको लगाव त्यतिबेलै देखिको हो ।

ममतालाई बुबाले गरेको चित्रकारिता प्रति गर्व छ । तर, उनी आफैं भने चित्रकार बनिनन् । भन्छिन्– ‘म पनि रङसँगै छु । बुबा क्यानभासमा पोत्नुहुन्छ, म मान्छेलाई सिँगार्दैछु ।’

लामो समयदेखि अमेरिकाको बोस्टनमा बस्दै आएकी ममता पेशाले ‘कस्मोलोजिष्ट’ हुन् ।  उनले अष्ट्रेलिया पुगेर ‘मेकअप आर्टिष्ट’सँग सम्वन्धित कोर्सहरु पुरा गरेकी छिन् । 

‘क्यानभासमा पोतेको रङले कतिबेला मान्छे खुसी होला मलाई थाहा छैन’ उनी भन्छिन्–‘मैंले पोत्ने रङले मान्छेलाई तत्काल खुसी बनाउन सकिन्छ ।’ उनी आफ्नो कामप्रति एकदमै खुशी भएको बताउँछिन् ।

उनलाई मान्छेको ओठमा मुस्कान भरिएको मन पर्छ ।

उनी कविता लेख्छिन् । उनको कविताको विषय मायाँ प्रेम हो । अझै दुख्दैछ मन र मनका कुरा जस्ता दुई कविता कृतिकी सर्जक ममता सेल्फी खिच्नुलाई आप्mनो विशेष रुची मान्छिन् । त्यसैले होला उनलाई  पाठकहरुले नाम दिएका छन्– सेल्फी क्वीन ।

उनी खुशी नहुने कुरै भएन पाठकले दिएको नाउँमा ।

केही महिना अघि मात्रै उनको अंग्रेजी कविता संग्रह बजारमा आएको छ । उनको कृति अझै दुख्दैछ मनको अंग्रेजी संस्करण उनले बजारमा ल्याएकी हुन् ।

छोटा छोटा कविता लेख्नु उनको मुख्य विशेषता हो ।

उनी मान्छेको अनुहार हेरेरै उसको अन्तर्य पढ्न सक्ने बताउँछिन् । आफूलाई सधैं अमूर्त कविता लेख्न मन पराउने ममता जीवनप्रति एकदमै पोजेटिभ छिन् ।

‘आफ्नो पहिलो स्रोता आफ्नै बुबा उत्तम नेपाली हुन् भन्न पाउँदा कम्ती गर्व हुँदैन’ उनी भन्छिन्– ‘बुबासँगै मिलेर क्रियटिभ काम गर्ने योजनामा छु । हाम्रो एउटा क्रियशन छिटै आउँदैछ ।’

‘भारत’को फस्ट लुकमा यस्तो देखिए सल्मान र क्याट्रिना

काठमाडौं । यसवर्ष बलिउडको बहुचर्चित फिल्म मध्ये एक ‘भारत’को ‘फस्ट लुक’ सार्वजनिक गरिएको छ । जसमा सल्मान खान र क्याट्रिना कैफ देखिएका छन् । यो

राखी सावंतले पिटाइको बद्ला लिन खलीलाई गुहारिन

काठमाडौं । राखी सावंतले आफूलाई पिट्नेसँग बद्ला लिन रेस्लर खलीलाई आग्रह गरेकी छन् । हरियाणाको अस्पतालमा उपचार गराइ रहेकी राखीलाई भेट्न रेस्लर खली

डेनीका छोरा बलिउडमा डेब्यू गर्दै

काठमाडौं । अभिनेता डेनी डेनजोगपाका छोरा रिङजिङ बलिउडमा डेब्यू गर्न लागेका छन् । उनी एक्सन थ्रिलर फिल्म ‘स्क्वाइड’मा खेल्न लागेका हुन् । सन् २०१९

तीन दिनमा \'ठग्स अफ हिन्दुस्तान\'को कमाइ सय करोड

मुम्बई । बहुचर्चित बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले तीन दिनमा एकसय करोड कमाएको छ । बक्स अफ इन्डियाका अनुसार, ठग्स अफ हिन्दुस्तान