साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ । 

तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित समयमा खेल २÷२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा भुटानले नेपाललाई स्तब्ध बनायो । 

खेलको शुरुआती तेस्रो मिनटमै डेकी याङडनले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । पहिलो हाफसम्म १–० पछि परेको नेपालका लागि चन्द्र भण्डारीले ५८आँै र ५५औँ मिनेटमा गोल गरिन् ।

२–१ ले अगाडि बढेको अवस्थामा नेपालले ६६औँ मिनेटमा पुनःगोल खायो । यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आजै उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बङ्गलादेश र भारतबीच खेल हुनेछ । 

बिहीबार भएको सेमिफाइनलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । यस्तै भुटान बङ्गलादेशसँग ५–० ले पराजित भएको थियो । नेपालले यही साउन २६ गते भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग २८ गते ३–० ले पराजित भएको    थियो । रासस

 थ्रीस्टारको २५ सदस्यीय टोली, को को परे टिममा

काठमाडौं । थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल

 फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल

सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।  सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका

 पिपिएल टी–२० क्रिकेटको खेलाडी दर्ता शुरु भयो

काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता