नागरिकता संशोधन विधेयकमा एनआरएनका नौ असहमति

काठमाडौं, २ भदौ । नेपालको नागरिकता संशोधन गर्न बनेको विधेयमा गैरआवासीय नेपालीको संविधानमा उल्लेख भइसकेको अधिकार खोसिएको भन्दै आपत्ति जनाएको छ । एनआरएनले अधिकार खोसिएकोप्रति सघले नौ बुँदे असमती राखेको छ । सरकारले संसदमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेकोमा स्वागत गर्दै आफना नौ बुँदे असहमती पेश गरिएको अधयक्ष भवन भट्टद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ । यस्ता छन् असमतीको बुँदाहरु :

१. प्रस्तावित विधेयकमा राजनैतिक अधिकार बाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने छ भनिएको छ । संविधानमा राजनैतिक अधिकार बाहेक भन्ने शब्द थिएन । यसले संविधानको भावनालाई संकुचित गर्न खोजेको हो की भन्ने भान परेको छ ।

. प्रस्तावित ऐनमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि “साविकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण” एक शर्तका रुपमा अघि सारिएको छ । हालको विश्वव्यापी प्रचलनमा धेरै मुलुकले नागरिकता दिंदा साविकको नागरिकता त्यागेको प्रमाण माग्दैनन् । नेपाली नागरिकता ऐनले नै विदेशी नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता स्वत रद्द हुने प्रावधान राखिसकेकोले परित्याग गरेको प्रमाणलाई अनिवार्य पूर्व शर्तका रुपमा राखिनुको औचित्य देखिदैन ।

३. गैरआवासीय नेपाली नागरिकतालाई वंसज, जन्मसिद्ध र अंगिकृत जस्तै नेपालको नागरिकताको एक प्रकार मानी यस्तो नागरिकताको प्रमाणपत्र भएकाहरुले अन्य नेपाली नागरिक सरह सबै आर्थिक सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने प्रष्ट व्यवस्था हुनु पर्दछ ।

४. नागरिकता पाउन गृह मन्त्रालयमा निवेदन दिने भनिएको छ । गृह मन्त्रालयमा पहुंच पनि अप्ठेरो हुने र मन्त्रालय कार्यान्वयन भन्दा पनि नीति निर्माण गर्ने निकाय भएकोले यस्तो नागरिकता विदेश स्थित नेपाली नियोग र सम्बन्धित जिल्ला कार्यालयबाट नै प्राप्त हुने व्यवस्था गरिएमा सहज हुने छ ।

५. प्रस्तावित ऐनले गैरआवासीय नेपाली नागरिकका विदेशी पति पत्निको बारेमा केहि बोलेको छैन । गैरआवासीय नेपाली नागरिकका विदेशी पति पत्निलाई पनि गैरआवासीय नेपाली नागरिकता वा यस्तै प्रकारको स्थायी प्रकृतिको प्रमाणपत्रको व्यवस्था गरिनु पर्दछ ।

६. गैरआवासीय नेपाली नागरिकले चाहेमा अरु नेपाली नागरिक सरह नेपाली राहदानी पाउने व्यवस्था गरिनु पर्दछ ।

७. कुनै व्यक्तिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरिसकेको रहेछ भने तिनका छोराछोरीले बाबु वा आमाको गैरआवासीय नेपाली नागरिकता कै आधारमा गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था कानुनले गर्नु पर्दछ । यस्तो भएमा दोश्रो र तेश्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि नेपालसंग जोडेर राख्न सकिन्छ ।

८. गैरआवासीय नेपाली नागरिकतालाई कसरी र के आधारमा अर्को प्रकारको नेपाली नागरिकतामा परिणत गर्न सकिन्छ त्यो व्यवस्था पनि ऐनले गर्नु पर्दछ । कुनै व्यक्तिले पहिले विदेशी मुलुकको नागरिकता लिएकोमा पछि नेपाल नै फर्केर नेपालमा नै स्थायी बसोबास गर्ने निष्कर्षमा पुगेमा र निजले विदेशी नागरिकता परित्याग गरेमा स्वतः साविकको नेपाली नागरिकता पाउने व्यवस्था गरिनु पर्दछ ।

९. विदेशमा रहेका नेपाली चेलीहरुका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रष्ट व्यवस्था नागरिकता ऐनले गर्नु पर्दछ । हालको मस्यौदामा नेपालमा बस्ने नेपाली महिला नागरिकलाई मात्र समेट्न खोजिएको भान हुन्छ । यो व्यवस्था विदेशमा रहेका नेपाली महिला नागरिकको हकमा पनि लागु हुनु पर्दछ । 

 राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क गए 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ

 गोपालदास पत्रकारिता पुरस्कार घिमिरेलाई

काठमाडौं । गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरे सम्मानित भएका छन् । प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिकोत्सवका अवसरमा

 भारतीय अभिनेत्री जया प्रदा नेपालकी सद्भावना दूत

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ । संस्कृति, पर्यटन

 फ्रान्समा तातो हावाले एक हजार ५०० को ज्यान गयो 

पेरिस । अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये अधिकांश जेष्ठ