प्रेमा शाहको सेक्स चिन्तन

म सूर्यसँग सम्भोग गर्छु
आऊ मलाई सम्भोग गर !

    प्रेमा शाहको दर्शनमा ‘सेक्स अवैध होइन, तर यौन स्वतन्त्रताको तात्पर्य समाजमा जथाभाबी नग्नताको प्रदर्शन र अश्लीलताको पराकाष्टा पनि होइन । यौन जीवनमा एक प्रकारको मर्यादा हो र यसलाई नियन्त्रित र शिष्ट तरिकाले उपभोग गरिनुपर्छ ।’ वास्तवमा उनी यौन (sex) चिन्तनकी खुल्ला किताब पनि हुन् । उनीभन्दा अघि उनका स्तर र त्योभन्दा माथिका कुनै पनि स्रष्टाले औपचारिक रूपमा यौनबारे यसरी खुलेर बालेका थिएनन् र लेखेका पनि थिएनन् । आफ्ना लेखनीका विषयमा सरल रूपमा प्रस्तुत हुँदै उनले भनिन्- ‘मैले यौनकथाहरू लेखेकी छु तर मनुष्यजीवनका मूल्याङ्कन खालि सेक्सको माध्यमबाट मात्र हुन सक्दैन ।’ यसै प्रसङ्गमा उनी सेक्सबारे थप परिभाषा दिन पनि छाड्दिनन् ।

साथै यौनसाहित्यलाई गिल्ला गर्नेउपर आफ्नो मनै खोलेर उनी आफ्नो भँडास अलिकति भए पनि निकाल्छिन्— ‘आजका सेक्सविषयी कथाहरू पुनरावृतिलाई लिएर परम्पराग्रस्त देखिन्छन्— एउटा तिनका बाह्य फर्मलाई छोडिदिऊँ । सेक्ससम्बन्धी मान्यता केवल कुण्ठाग्रस्त छन् र एउटा विकृति र जुगुप्साबाहेक आजको कथामा नौलो कुरा पाइन्न । सेक्ससम्बन्धी हाम्रो विचार र दृष्टिकोण आधुनिक, बौद्धिक र सुल्झिएको हुनुपर्छ खालि तर्क र कुण्ठाले कुनै दर्शन दिन सक्दैन । सैद्धान्तिक आदर्शवादको सन्दर्भमा साहित्यमा सेक्सलाई छाडावाद र अश्लील भन्नेहरूचाहिँ मुकुन्डो भिरेर टिन  ठटाउँछन् ।’     

    प्रेमा शाहको यौन कवितालेखनमा नाउँ चल्यो तर उनी मूलतः यौन कथाकार नै हुन् । उनी कथाकार पनि माथिल्लो स्तरकी थिइन् । लेखनमा उनको सशक्त विद्रोह थियो । उनको विद्रोह प्रमुख रूपमा यौनमा नै रङ्गिएको थियो । उनको यौनसाहित्यकै फेरोमा कृष्णभक्त श्रेष्ठले आफ्नो मत दिए— ‘यौन विद्रोह गर्ने प्रेमा शाहको जोडा अहिलेसम्म कोही देखा परेका छैनन् ।’ उनी बौद्धिक लेखक थिइन् ।

नेपाली भाषासाहित्यमा यौनको केन्द्रबिन्दुमा पुगेर साहित्य सिर्जना गर्ने स्रष्टाहरूमध्ये प्रेमा शाहको स्थान अग्रपङ्क्तिमा रह्यो । जन्मेदेखिकै हिसाब गर्नुपर्दा उनको पारिवारिक जीवन गतिलो नहुनाको तात्पर्यको अदृश्य कुण्ठा पनि प्रेमाले आफ्ना रचनामार्फत प्रस्तुत गर्ने गर्थिन् । यति हुँदाहुँदै पनि उनी आफ्ना भावना मनोवैज्ञानिक ढङ्गबाट मीठो भाकामा प्रस्तुत गर्थिन् । नेपाली भाषासाहित्यमा उनको लेखनी बेग्लै आयाममा स्थापित भएको थियो । उनको लेखनको सौन्दर्यका विषयमा धेरै समालोचकले उनको मुक्त कण्ठले प्रशंसा पनि गरे । उनी नेपाली साहित्यमा सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा लेख्ने स्रष्टा थिइन् । त्यसैले उनले लेखेका कविताचाहिँ थोरै पनि भए र ती थोरै पनि प्रायः यौन, प्रेम र समर्पणमा समर्पित भएका देखिएः

तिमीमा मेरो प्यार 
हीराको जन्तरझैं
सधैं छातीमा झुन्ड्याएर
तिमीलाई माया गरिसकेकी छु ।
जाडोका ती रातभर
तिमीलाई यी ओठका न्यानो आवरणमा
गुटमुट्याएर मैले तिम्रो कानमा
प्रणयका कति गीत भरिसकेकी छु ।

प्रेमा शाहले पढ्दै साहित्य सिर्जना गर्दै गरिन् । उनको साहित्यिक यात्रा स्कुलेजीवनको छैटौं कक्षादेखि नै कायम भएको थियो । उनका गुरु रत्नध्वज जोशीले उनलाई साहित्यतिर लाग्न खिप लगाइरहन्थे । जोशीकै कारण उनले लेखेर थन्क्याएका रचनाहरू पनि बाहिर निकाल्न थालिन् । पाटन कलेजबाट आइए र बीए गरुन्जेलसम्म उनी झन्डै नेपालका डाँडाकाँडा ढाक्ने साहित्यकार भइसकेकी थिइन् । त्यस कालमा पुरुषोत्तम बस्नेतसँग उनको सम्पर्क भइसकेको थियो । त्यसैले त्यस बेला उनको मुख्य काम साहित्य रचना गर्नु पनि एक थियो । जयदेव भट्टराईका अनुसार उनले किशोरी अवस्थामा नै ‘उकालो’ नामक हस्तलिखित पत्रिकाको सम्पादन पनि गरेकी थिइन् ।

पछि यिनी ‘बिहान’ तथा ‘हिमानी’ साहित्यिक पत्रिकाहरूको सम्पादक मण्डलमा रहिन् । त्रिभुवन विश्वविद्यालयमा एमए पढ्न थाल्दा यिनले ‘देउराली’ साहित्यिक पत्रिकाको पनि सम्पादन गरिन् । त्यस बेलासम्ममा यिनी नेपालभित्र मात्र होइन नेपालबाहिर नेपाली भाषा बोल्नेहरूमाझ समेत साहित्यकारका रूपमा चम्किसकेकी थिइन् ।

नेपाली भाषासाहित्यमा प्रेमा शाह किशोरी वयदेखि नै चर्चित थिइन् । यिनले आइए अध्ययन गरिरहेको बेला ‘शारदा’ पत्रिकामा यिनको ‘प्रतिक्रिया’ शीर्षकको कथा छापिएको थियो । त्यसपछि ‘मुकुट’, ‘रूपरेखा’ लगायत अरू पत्रपत्रिकाहरूमा यिनका लेखरचना, कथा, कविता, नाटक, निबन्ध प्रकाशनमा आइरहे । उनले जतिजति रचनाको सिर्जना गरिन् प्रायः त्यतित्यति नै यौन ९क्भह० कै अनुसूचीमा मात्र उनी प्रस्तुत भइरहिन् ।

प्रेमा शाहको जीवनमा मावलीको प्रभाव, उनलाई प्रेम गर्नेहरूको प्रभाव, श्रीमान्हरूको प्रभाव र छोरीको प्रभाव गाँसिएको    पाइन्थ्यो । यी सबै पूर्वदृश्यहरूका कारण उनका रचनाहरू पनि त्यही परिवेशबाट लेखिँदै गए ।

    प्रेमा शाहले यौनसाहित्यिक चिन्तन र दर्शनबाट आफूलाई सधैं नजिकै राखिरहिन् । उनको लेखनको केन्द्रबिन्दु नै यौन हुन्थ्यो । उनले २०२८ सालको वैशाखमा ‘उपत्यका’ नामक लेकाली प्रकाशनका लागि हिरण्य भोजपुरे र गणेश रसिकलाई भनेकी थिइन्— ‘सेक्स नै जीवनको मूल समस्या होइन । यो मान्छेको कन्सेप्सनमा भर पर्ने कुरा हो । आज सेक्सको स्थिति जति पातलिँदै गएको छ उति यसले विकटताहरू सङ्ग्रहण गर्दै छ, यो प्रत्यक्ष छ । यो स्थिति अर्थात् गोलमाललाई हाम्रा Sensitive Mass ले बुझेका छन् । यो मान्नैपर्छ सेक्स घृणित, अति र विवादास्पद तुल्याउनुमा आजका छितरिएका पिँढीका क्रियाकलाप र अन्ध दृष्टिका दोष हुन् । परिणामस्वरूप आजका भ्रान्त युवापिँढी र तथाकथित यौनवादी साहित्यकारलाई लिन सकिन्छ जो विद्रोहको नाउँमा Obscene साहित्य प्रस्तुत गर्छन् र त्यस्तै Propaganda मा विश्वास राख्छन् ।’

    प्रेमा शाह प्रेमगीतकी अभियन्ता थिइन् । उनले थोरै गीतिकविता लेखिन् तर प्रेमलाई साक्षी राखेर नै लेखिन् । त्यसैले उनका प्रेमगीतले नेपाली साहित्यको भण्डारमा जस बटुलिरहे, यश र कीर्ति पनि पाइरहे । अनगिन्ती गीतिकविताका हारहरूले पाठक लोभ्याइरहेको अवस्थामा उनका रचना पाठकमाझ पुनःपुनः उभिइरहन्थे-

माया पोख्नलाई बहाना नै चाहिन्छ र 
माया सिँगार्न पर्व नै चाहिन्छ र 
मुस्कान स्विकार्न 
ढुकढुकीसित लयबद्ध हुन  
किन चाहिन्छ अनुमति 
मन, 
न ब्यारेक न युद्धरत सिपाही 
न सीमाङ्कन छ यसको 
न सङ्घीयता स्विकार्छ मन 
प्रेम नै धर्म र नीति मनको 
भूगोल नभएको प्रेम   

इतिहासभन्दा परको प्रेम 
पहाडसँग चुलिरहेको प्रेम 
सागर जस्तो युगीन प्रेम  
घामले माया गरेर
जूनले सुमसुम्याएर 
अनुभूत भएको प्रेम 
हामीले पत्याएको प्रेम
प्रेमले पत्याएका हामी 

हामीभित्र सधैं गुलाब फुलिरहेको छ 
मनको बगैंचामा कहाँ प्रवेश निषेध 
अर्को मनको सुगन्धलाई 
कहिलेदेखि उडिरहेछन् आकाशमा चराहरू 
कहिलेदेखि बुझिरहेछ आकाशले चराहरू 

पहाड भैसकेको मन, सागर भैसकेको मन 
घाम, आकाश र चरा भैसकेको मन 
बुझ्दैन अहिले 
कार्डसित बिकिरहेको बोली 
‘विल यु बि माई भ्यालेन्टाइन
ऊ बुझ्छ यत्ति 
प्रेम न अनुनय, न विनय 
न आग्रह, न साइनो !  


 

प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ

 कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक

 सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले

अहँ, पैसाले खुशी किन्न सकिँदैन !

पैसाले खुशी कहाँ किन्न सकिन्छ र !’ ‘अनि के ले किन्न सकिन्छ त ?’ ‘खुशी किन्न सकिन्न, महसुस गर्न सकिन्छ ।’ पिंडीमा बसेर पासाङ आफ्नी नातिनी