निगमद्वारा दुई ‘वाइड बडी’ विमान किन्दा ठूलै चलखेल

गर्व गर्नुपर्छ– स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ । त्यसको खरिद प्रक्रियाले भने यसमा चस्स पार्छ । २३ अर्ब रुपैंयाँभन्दा बढीमा जहाज किन्दा सबैजसो कारोबार ‘नक्कली’ गरिएको छ । यसमा ठूलो मात्रामा चलखेल भएको अन्नपूर्ण पोष्टलाई प्राप्त कागजातहरूले देखाएका छन् । 
  
प्रस्तावबाटै कानुन उल्लंघन

नेपाल एयरलाइन्सले तत्काल जहाज आवश्यक ठान्यो । नयाँ किन्दा समय बढी लाग्ने तर्क राखियो । उपाय फुराइयो– सेकेन्ड ह्यान्ड लिने, तुरुन्त पाइन्छ । त्यसैले प्रस्ताव आह्वान (आरएफपी) मा लेखियो– ‘प्रस्तावित जहाजको उमेर हजार घण्टाभन्दा बढी नउडेको र जनवरी २०१४ भन्दा अघि नबनेको होस् ।’ 
नोभेम्बर ९ सम्मको म्याद दिएर २६ सेप्टेम्बर २०१६ मा आरएफपी जारी गरिएको थियो । सेप्टेम्बर २०१७ र मार्च २०१८ मा एउटा÷एउटा जहाज बुझाउनुपर्ने त्यसमा सर्त राखियो । ‘अर्काले उडाइसकेको जहाज किन्न किन १६ महिनासम्मको भाका राखियो भन्नेमै खोटी नियत थियो’, एयरलाइन्स बोर्डकै एक सदस्यले भने, ‘हामीले त्यति अवधिमा त नयाँ किन्न सकिन्छ भन्दा बोल्नै दिएनन् ।’ 

स्रोत भन्छ– ‘सेकेन्ड ह्यान्ड’ किन्ने निचोडमा पुग्नुका मुख्य दुई नियत थिए– १. अत्यन्त जरुरी परेर हतारमा किनिएको भन्दै सार्वजनिक खरिद ऐनलाई उल्लंघन गर्न पाउनु र, २. उत्पादककहाँ सिधै जानबाट जोगिनु । उत्पादककहाँ सोझै जाँदा दुइटा समस्या पर्थे– १. बिल तलमाथि गर्न नपाउनु र, २. सेटिङ मिलाउने बिचौलियासँग काम गर्न नपाउनु । 

आरएफपीमा भएको बदमासीबारे महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले समेत आपत्ति जनाएको छ । महालेखाको २०७४÷७५ को प्रतिवेदनको पृष्ठ ४८ बुँदा १४२ मा भनिएको छ, ‘एयरबस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफपी जारी गर्नु र त्यसपछि तीन, चारवटा दलालहरु खडा गरी खरिद प्रक्रिया अगाडि बढाउनु कानुनविपरीत हो । यो सार्वजनिक खरिद ऐन विपरीत हो ।’  अन्नपूर्ण पोस्टबाट ।

द्वन्द्वका दोषीलाई सजाय नहुने

सत्यनिरुपण विधेयक घटना स्वीकार गरे ज्यान मार्नेदेखि बलात्कारसम्ममा जेल जानु नपर्ने प्रस्ताव काठमाडौ,१० माघ । द्वन्द्वकालका मानव अधिकार उल्लंघन

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ । मैले त सरकारमा भएको अनुभूति गर्न सकेको छुइनँ’– हरिबहादुर चुमान गण्डकी प्रदेश ‘केन्द्रले

मौसमी फ्लुको सङ्क्रमण बढ्दै 

काठमाडौ,१० माघ । पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का,

सरकारका प्रवक्ता एंव सञ्‍चारमन्त्रीविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौ,१० माघ । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध मुद्दा दायर भएको छ ।