सन्दीपले २ विकेट लिएपनि सेन्ट किट्स पराजित

काठमाडौं, ३१ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सको तेश्रो खेलमा २ विकेट लिएका छन् । तथापी सन्दीपको टोलीले जमैकन तल्लावाहससँग ४७ रनको पराजय बेहोर्नु परेको छ । 

टस जितेर पहिले फिल्डीङ गरेको सेन्ट किट्सको निर्णय गलत साबित गर्दै जमैकन तल्लावाहसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाउन सफल भयो । जमैकनको लागि रोज टेलरले अविजित रहँदै ३५ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए । अर्का ब्याटसम्यान केनार लेविसले २४ बलमा ४ चौका र ४ छक्का सहित ४९ रन बनाए । त्यस्तै ग्लेन फिलिप्स, रोभ्मन पावेल र आन्द्रे रसेलले क्रमशः ४१, १८ र १० रन बनाए । 

बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए । सबैभन्दा किफायती बलिङ गरेका सन्दीपले ४ ओभरमा २१ रन मात्र दिए । १५ बलमा कुनै रन बन्न नदिएका उनले २ छक्का पनि खर्चिए । 

पाँचौ ओभरमा बलिङ शुरु गरेका सन्दीपले पहिलो ओभरमा ९ रन दिए । व्यक्तिगत दोश्रो ओभर इनिङको ७ औं ओभरमा गरेका सन्दीपले उक्त ओभरमा २ विकेट लिन सफल भए । साँतौं ओभरको पहिलो बलमा छक्का दिएका सन्दीपले दोश्रो बलमा केनार लेविसलाई क्याच आउट बनाए ।

तेश्रो बलमा १ रन दिएका सन्दीपले चौथो बलमा आन्द्रे म्याकार्थीलाई गोल्डेन डकआउट बनाए । त्यसपछिको २ बलमा १ रन दिएका सन्दीपले उक्त ओभरमा ८ रन दिंदै २ विकेट लिए । 

१३ औं ओभरमा पुनः बलिङ गरेका सन्दीपले ६ बलमा १ रन मात्र दिएर जमैकन टोलीलाई दबावमा राखेका थिए । त्यस्तै स्पेलको अन्तिम ओभर गर्न १५ औं ओभरमा आएका सन्दीपले ३ रन मात्र दिए । यो सँगै सन्दीपले ४ ओभरमा २१ रन दिंदै २ विकेट लिइ आफ्नो स्पेल पुरा गरे ।
सन्दीप बाहेक सेन्ट किट्सका लागि बेन कटिङ र कार्लोस ब्राथविटले १/१ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको सेन्ट किट्सले २० ओभरमा ९ विकेट गुमाउँदै जम्मा १३१ रन बनाउन सक्यो । टोलीको लागि सर्वाधिक २२ रन महमुदुल्लाहले बनाए । त्यस्तै शैल्डन कोट्रेल, जेरेमिआह लुइस, एन्टोन डे्भसिच, डेभोन थोमस र कार्लोस ब्राथविटले ११, ११, १० र १० रन बनाए । 

बलिङतर्फ जमैकनका इमाद वासिम, एडम जाम्पा, क्रिशमर सान्टोकीले समान २ विकेट लिए ।

हालसम्म सेन्ट किट्सले खेलेको ३ खेलमा २ मा हार ब्योहोरिसकेको छ । सन्दीप लामिछाने अब सेन्ट किट्सको लागि २ खेल खेल्दै एसिया कप क्वालिफायर खेल्न मलेसिया लाग्नेछन् ।

सेन्ट किट्सको चौथो खेल बुधबार बिहान ३ः४५ मा हुनेछ । 

 थ्रीस्टारको २५ सदस्यीय टोली, को को परे टिममा

काठमाडौं । थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल

 फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल

सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।  सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका

 पिपिएल टी–२० क्रिकेटको खेलाडी दर्ता शुरु भयो

काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता