सिपिएलमा सन्दीपको तेश्रो खेल भोलि बिहान ४ः४५ बजे

काठमाडौं, ३० साउन । नेपाली स्टार सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत तेश्रो खेल नेपाली समयअनुसार भोलि बिहान ४ः४५ मा हुने तालिका   छ । सन्दीपको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जमैकन तल्लावाहसको सामना गर्दैछ ।

पहिलो २ खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपको प्रदर्शनको सहयोगमा सेन्ट किट्सले सिपिएलमा राम्रो प्रदर्शन गर्न सफल भइरहेको छ । पहिलो खेल ६ विकेटले हारेपनि दोश्रो खेलमा डिफेन्डीङ च्याम्पीयनलाई ४२ रनले हराएपछि सन्दीपको टोली हौसिएको छ । 

क्रिश गेलका कप्तानीमा प्रतियोगिताको फाइनल पुग्ने लक्ष्य राखेको यस टोलीले तेश्रो खेलमा पछिल्लो टोलीलाई नै निरन्तरता दिने सम्भावना रहेको छ । विजयी कम्बीनेशन चलाउनु भन्दा एउटै टोलीले खेल्दो सेन्ट किट्सलाई खेलहरु जित्न सहज हुने देखिन्छ । 

स्टार खेलाडिहरुसँग खेल्ने अवसर पाइरहेका सन्दीप पाँचौ खेलको समाप्तीपछि सिधै मलेशिया नेपाली टोलीसँग मिसिनेछन् । नेपाली क्रिकेट टोलीले मलेशियामा एसिया कपको छनौट खेल्न लागि तयारी गरिरहेको छ । 


 

 थ्रीस्टारको २५ सदस्यीय टोली, को को परे टिममा

काठमाडौं । थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल

 फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल

सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।  सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका

 पिपिएल टी–२० क्रिकेटको खेलाडी दर्ता शुरु भयो

काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता