ट्रम्पले नेपाल भन्न नजान्दा..

अमेरिकाका ४५ औं राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प घरजग्गाको खुंखार कारोबारी हुँदै अमेरिकाको उच्च ओहदासम्म पुग्न सफल भएका हुन् ।

बलियो इच्छा शक्ति भएका तर भावना र बोलीमा लगाम नभएका ट्रम्पको अन्य बानी व्योहोराको कारण पनि प्राय चर्चामा आउने गरेका छन् ।

अनलाइन पोर्टल पोलिटिकोका अनुसार उनलाई विश्वको फरक भुमिमा समय फरक हुन्छ भन्ने हेक्का नरहेको जनाएको छ । जतिबेला जुन राष्ट्रप्रमुखसँग केहि सामान्य गफमात्र गर्न मनलागेपनि फोन गरिहाल्ने ट्रम्पको बानी रहेको छ ।

पोलिटिकोको अनुसार ट्रम्पको राष्ट्रपतिय कार्यकालको पहिलो वर्ष स्थानीय समय अनुसार दिउँसोतिर जापानका प्रधानमन्त्री शिन्जो आबेलाई फोन गर्दथे । अमेरिकामा दिउँसो हुँदा जापानमा मध्यरात हुनेकुराको उनले हेक्का नराख्ने गरेको राष्ट्रिय सुरक्षा विभागका पूर्व अधिकृतलाई उद्दृत गर्दै लेखेको छ । उनको यो बानी क्रमिक भएपछि राष्ट्रिय सुरक्षा परिषदले उनलाई उक्त समय उपयुक्त नभएको र बिहान भएपछि फोन गर्न सुझाएका थिए ।

त्यस्तैगरी विभिन्न देश तथा व्यक्तिको नाम उच्चारण गर्दा पनि ट्रम्पको जिब्रो लरबरिने गरेको छ । ७२ वर्षिय वयोवृद्ध ट्रम्प सकेसम्म औपचारिक कार्यक्रममा आफ्नो बुझाइ भन्दा परको नाम उच्चारण गर्दैनन् ।

१ वर्षअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अगाडि दक्षिण एसियाको नक्शा नियालेका ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेका थिए । पोलिटिकोले श्रोतलाई उद्दृत गर्दै सोही बेला भुटानलाई ‘बटन’ भनेको कुरा उल्लेख गरेको छ । दक्षिण एसियाका यि राष्ट्रहरुबारे ट्रम्पलाई सामान्य ज्ञान सम्म नरहेको स्पष्ट हुन्छ । त्यस्तै उनले संयुक्त राष्ट्र संघको एक कार्यक्रममा नामिबिया लाई नाम्बीया भनेको कुराले पनि चर्चा पाएको थियो ।

त्यस्तैगरी नरेन्द्र मोदी एक्लै आउँदै छन् कि पत्नी सहित भनेर पनि उनले राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारीलाई सोधेका थिए । भारतीय प्रधानमन्त्री पत्नीसँग साथ नरहेको बताएपछि उनले मजाक गर्दै, मोदीलाई कसैसँग जोडी बनाइदिन सकिने बताएको कुरा पनि पोलिटिकोले लेखेको छ ।

तथापी ह्वाइट हाउसका अधिकारीहरु यस्तो घटना भएको आफुलाई थाहा नभएको बताउँछन् ।

ट्रम्पको यस्तो गल्तीहरु वैदेशिक नितिसँग अभ्यस्त नभएका कारण हुनु सामान्य रहेको बताएपनि यसले अमेरिकाको छविलाई विश्व राजनितीमा गिराउन सक्ने भन्दै राज्य विभागका एक पूर्व अधिकारी वेन्डी शर्मेन भन्छिन् , ‘प्रोटोकलको अन्तर्य अरुको सम्मान हो, जब राष्ट्रपति नै यसलाई पालना गर्दैनन् भने यो अपनानको संकेत हो । ’

त्यस्तै उद्देश्य बिना अन्य देशका राष्ट्रप्रमुखलाई फोन गर्ने मनमौजी बानी ट्रम्पको रहेको बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याकरोनसँगको उनको फोन सम्वाद पनि विवादित छ । ट्रम्पको म्याकरोनसँगको ‘अदभुद’ सम्बन्धका कारण कुनै विशेष उद्देश्य बिना पनि उनले फोन सम्वाद गर्ने गरेका छन् ।

तथापी ह्वाइट हाउसका अधिकारीहरु यसलाई सामान्य रुपमा हेर्ने गरेका छन् । त्यस्तै ट्रम्पलाई समयको ख्याल नभएको कुरापनि मान्न तयार छैनन् । उनिहरुका अनुसार अमेरिकाको राष्ट्रपतिले चाहेपछि जुनसुकै बेला कुरा गर्न सक्छन् । अन्य देशका प्रमुखहरुले पनि ट्रम्पलाई असजिलो समयमा फोन गर्ने गरेकोमा ट्रम्पले उक्त फोनहरु रिसिभ गर्ने गरेको बताएका छन् ।   

त्यस्तै अघिल्लो महिना इटालीका प्रधानमन्त्री ग्युसेप्पे कोन्टेको ह्वाइट हाउस भ्रमणको क्रममा उनले कोन्टेलाई ‘भव्य विजय’ पाएको भन्दै ट्रम्पले बधाइ दिएका थिए । तथापी कोन्टे चुनावबाट विजयी भएर नभइ चुनावबाट विजयी भइ आएका दुई पार्टीको सहमतीमा प्रधानमन्त्री छानिएका थिए ।

ट्रम्पले वैदेशिक भेटघाटका क्रममा पनि क्षेत्रिय राजनितीलाई बे–वास्ता गर्ने गरेका छन् । उनले जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिङपिङको प्रशंसा गरेका थिए । ट्रम्पले कुराकानीको क्रममा जिङपिङको सहयोगका कारण उत्तर कोरियाको समस्या समाधान गर्न सहयोग पुगेको कुरा आबेलाई बताएका थिए, जसलाई जापानीहरुले नकारात्मक रुपमा लिएका थिए ।  

 भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट इमरान खान दुःखी 

इस्लामावाद । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्र्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी

 विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु 

जेनेभा । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।  यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक

भियतनामका राष्ट्रपतिको निधन

हानोई, ५ असोज । भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै

किन सधैँ विवाद र चर्चामा रहन्छ म्यानमार

काठमाडौं । प्रजातन्त्रवादीको पर्याय बनेकी नोबेल पुरस्कार विजयी नेत्री आङ सान सुकीमाथि सैनिक तानाशाहीबाट भएका ज्यादतिका कारण अघिल्ला दशकमा सधैंजसो