पचघैया भूत र सरकारको कथा !   

पहिला पहिला हामीले सुन्ने गरेका केहि भूतका कथा मध्यरातमा भूत आउँछ, भूत भन्दा पनि डरलाग्दो पचघैया भूत आउँछ, यो चाहिं सेतो घोडा चढेर राती १२ बजे पछि आफू हिँड्ने बाटो मात्र हिँड्ने गर्दछ र हिँड्दा पाटे सुसेलो (सुईंय बजाउँदै) हाल्दै ओरालो बाटोको यात्रा गर्दै हिँड्छ अरे । जब उस्को यात्राको दौरानमा आफ्नो सामुन्ने मानिस वा जनावरसँग जम्का भेट भएमा केहि गर्दैन तर यस्लाई मानिसले कता जान लागेको भनेर प्रश्न गरेमा त्यो पचघैया भूतले मानिसको शक्ति खिचेर केहि दिनभित्र मानिसको मृत्यु हुन्छ भन्ने कथा सुनेको थिएँ । सो भूतले आफ्नो नियमको पालना गर्ने गर्दथ्यो र जो आफ्नो निर्धारित समयमा मात्र हिँड्ने तथा उसँग सम्बाद गर्न खोज्नेलाई मात्र सिध्याउने काम गर्दथ्यो । उस्ले हिँड्ने बाटोमा कुनै प्रश्न नउठाउनेलाई भने भूतले पनि आफ्नो समर्थक ठान्ने भएर त्यसो गरेको अरे । 

आज हाम्रो सरकारले विभिन्न कोणबाट उठेका आलोचनालाई सहज रुपमा लिन नचाहेको जस्तो देखिँदै छ । आलोचना समाज सुधारका लागि हुन सक्दछ, परिवर्तनका लागि हुन सक्दछ, नयाँ आईडियाको लागि पनि हुन सक्दछ । यस्लाई सहज रुपमा लिने र मनन् गर्न योग्य विषय भएमा मनन गर्ने तथा कुनै कोणबाट पनि मनन गर्न योग्य नभएमा हल्का रुपमा लिनु बुद्धिमानी हुनेछ । सरकारसँग केहि सरोकारनै नराख्नु भनेको जनताको कमजोर पक्ष हुनेछ । जुन देशका जनताले सरकारसँग हातेमालो गर्दैनन् त्यो देश सरकारले चाहेर मात्र पनि विकास गर्न सक्ने हैसियत राखेको ईतिहास कहिं कतै उल्लेख भएको पाईंदैन । 

देश विकासका लागि सरकारसँग हातेमालो गर्ने वातावरण सरकारलेनै मिलाउन सक्नु पर्दछ । हामी सबै जनता देश विकास होस भन्ने चाहन्छौं । तर आज हामी जनता सरकारले जे गरोस, जति बजे हिँडोस, जुन बाटो हिँडोस, जे बोलोस, जस्लाई भेटोस, जे योजना बनाओस सरोकारनै नराखेको जस्तो पनि देखिएको छ । सरकार र जनतावीच ठूलो ग्याप भएको अवस्थाको रुपमा लिन सकिन्छ । बरु राजा महाराजाको शासनकालमा जनता र सरकारको सम्वन्ध यो भन्दा अलि प्रगाढ थियो कि जस्तो लाग्दछ । आज कता कता जनता र सरकारको सम्वन्ध, सरकारले जनतालाई त्यति सुखद अनुभूति नगराएको महसुश भएको छ ।  

हरे भगवान, रातमा हिँड्ने भूतले पनि जस्ले उसँग सरोकार राख्छ, त्यस्लाई सजाय गर्ने, दिनमा काम गर्ने सरकारले पनि जस्ले कुनै विषयमा सरोकार राख्छ उसैलाई आफ्नो शत्रु ठान्ने । जुन सरकारलाई बहुसंख्यक जनताले आफ्नो सम्झेर भोट दिए, जस्ले यो देशको मुहार फेर्ने अठोट राखे उनिहरुलाई पनि आज शत्रुवत व्यवहार गर्दा ती तमाम सहनशिल जनताले अव कसो गर्दा उचित होला ? 

सरकारमा रहेकाहरुले भन्ने गरेका छन् कि केहि महिना नहुँदैमा देश भित्र र बाहिरकाहरुले यस सरकारलाई बदनाम गराउनका लागि समय खर्च गरेका छन् भन्ने पनि सुन्ने गरेका छौं । ए सरकार ! हामी जनता कोहि कसैले चाहँदैमा पनि अव उप्रान्त ४ वर्ष ६ महिना यहाँहरुलाई हटाउन सक्दैनन् । आफैंले बनाएको संविधान वि.सं. २०७२ असोज ३ गते घोषणा गर्नुभएको छ त्यस्मा यस विषयमा राम्रोसँग उल्लेख भएको छ । मेरो विचारमा जनताहरु जो राजनीति भन्दा पनि आफ्नो दैनिक जीवन यापनमा दुःखकासाथ चलिरहेका छन, उनिहरु कोहि कसैले यो सरकारलाई अप्ठेरो पार्न खोजेका छैनन् र सक्दैदनन् पनि ।


जनताको चाहना भने अनुभूत हुने गरी यहि सरकारले विकास गरिदियोस् भन्ने हो । धेरै आशा गरेको सरकारबाट केहि देखिने गरी विकासको शुरुवात होस् भन्ने नै जनताको अपेक्षा हो भन्ने लाग्दछ । सामान्य जनताले चाहेको कुरा दैनिकी सहज रुपमा चलोस, काम गरेर खुशीसाथ जीवनयापन गर्न पाईयोस् र भनेको बेलामा प्रशासनिक काम सहज रुपमा गर्न पाईयोस र नियम पालना गरेर जीवनयापन गर्दा कसैले आफुलाई औंला ठड्याउन नसकोस, बस यत्तिनै साधारण जनताको माग हो जस्तो लाग्दछ । कोहि जनतालाई सरकारले चामलका बोरा, ग्यासका सिलिण्डर, मिनरल वाटर, औषधि, तरकारी र अन्य घरायसी सामान आदि घरमा ल्याईदियोस भन्ने माग गरेका छन् जस्तो लाग्दैन । त्यसैले तपाईंहरु जनताले यसो भने, विरोध गरे, हाम्रो राम्रो कामको मूल्याङ्कन नै गरेनन्, हामी यति मजासँग सरकार चलाईरहेकाछौं, हामीलाई समर्थन भएन आदि ईत्यादि भनेर समय विताउँदै जाने र चित्त दुखाउने काम नर्गनुहोस् ।  तपाईंहरुले गर्नु भएका राम्रो कामको पनि हामी जनताले एकै स्वरमा गुणगान गाउने छौं र सर्मथन पनि । 

तपाईंहरुले सरकार चलाउन थालेको करिब ६ महिना हाराहरी भैसक्यो । हाल तपाईंहरुका लागि यो छोटो अवधि लाग्न सक्दछ । त्यसरी नसोचौं, अगाडीका ६ महिना यक्तिकै वित्यो भने पछाडीका ६ महिना पनि त्यत्तिकै वित्ने छन् र अनि वर्ष दिन वित्दै पूरै ५ वर्षको समय उपलव्धिविना वित्न सक्दछ भन्ने हामी जनताको चिन्ताको विषय हो । 

सरकार तपाईंहरुले पनि बाहिरी मुलुक जस्ले गरेका सकारात्मक कार्य अध्ययन गर्नुहोस् । जनताको मन जित्न कोशिस गर्नुहोस, जनताको दुखःसुखमा हातेमालो गर्नुहास्, हाल सरकारले के गरिरहेको छ त्यस्को जानकारी गराउनुहोस्, सरकारले जनतासँग सभ्य भाषा र व्यवहार गर्नुहोस्, जनताले प्रशासनिक कामका लागि कार्यालयमा जाँदा आतिथ्यता प्राप्त गर्ने वातावरण बनाउनुहोस्, अस्पताल जाँदा न्यानो सदभाव प्राप्त गर्ने वातावरण मात्र मिलाई दिनुहोस् । मानिसको चोला, त्यसमाथि पनि हामी नेपालीको औषत आयु पुरुषको ६९ र महिलाको ७२ वर्ष हाराहारी भन्ने आँकडा आएको छ । त्यस पश्चात हामी पनि एक दिन सबै छोडेर जान्छौं नै । कोहि अलि पछि जाउँला, कोहि थोरै अगाडी । 

हामी जनताले न त धेरै अध्ययन गरेका छौं, न अनुभवी नै छौं । रातको पचघैया भूतले जस्तै हामीलाई दिनको भूतले पनि तर्साउन थालेको महशुस भएको छ । सरकार, तपाईंहरु उधुमै बलियो, ईतिहासमा पहिलो पटक यति शक्तिशाली हो भन्ने पनि सुनिएको छ । मिल्छ भने मध्यरातमा हामी मुलबाटोबाट उकालो लाग्दै गन्तव्यतिर जाँदा डर दिने पचघैया भूतको व्यवहार चाहिं नगरौं न मिल्छ भने । हामीलाई अतिनै डर लाग्छ । भन्नुहोस हामी जनताले चाहिं कसरी सर्मथन गरौं ? तपाईंले भने अनुसार नै गरिदिउँला ।
 

भारतलाई अहिलेको दुई झट्का र नाकावन्दी

अहिले भारतलाई नेपालबाट ठूलो झट्का लागेको छ भनेर भारतमा रुवावासी छ । यो झट्का त्यसै लागेको होइन । यस्तो झट्का खान भारत आफैंले पृष्ठभूमि निर्माण गरेको

सरकारलाई कमजोर र जनतालाई असन्तुष्ट बनाउने आईएनजीओ रणनीति

अचेल ‘महिलावादी’हरु निक्कै सक्रिय छन् । महिलावादका अगुवा अधिकांशको असली ‘वाद’ एनजीओवाद हो । लोकतन्त्रवादीहरुलाई पनि एनजीओवादीहरुले नेतृत्व

सँधै नकारात्मक किन सोच्ने ?

नेपाल दुई ठूला देशको बीचमा रहेको आकारका हिसाबले सानो देशभित्र पर्दछ । नेपालको ईतिहास विज्ञहरुको रायलाई आधार मान्ने हो भने बि।सं ३३०० वर्ष अगाडिबाट,

ओलीले सुशासन दिएनन्, ज्ञानेन्द्रले पनि विकल्प दिन सक्दैनन्

ओलीले सुशासन दिएका छैनन् तर उनको असफलताको मूल्य यो संविधानले धान्न सक्छ ?       २०६२/६३ देखि यताका सबै सरकारमा नेकपा संलग्न छ ! यो अवधिको सरकारमा