सिपिएलमा सन्दीपको टोलीको पहिलो जित, अर्को खेल बिहिबार

काठमाडौं, २७ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सले डिफेन्डीङ च्याम्पीयन ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले हराएको छ । यस खेलमा सेन्ट किट्सका प्रमुख बलर सन्दीपले ४ ओभर बलिङ गर्नुपर्ने अवस्था पनि आएन ।

टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जम्मा २०३ रन बनाउन सफल भएको थियो । टोलीका लागि विकेट किपर डेभोन थोमसले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ५८ रन बनाए । म्यान अफ द म्याच घोषित डेभोनले १ छक्का र ९ चौका प्रहार गरेका थिए । त्यस्तै कार्लोस ब्राथविटले १५ बलमा ४१ रन विस्फोटक इनिङ खेले । ५ छक्का र १ चौका प्रहार गरेका कार्लोेसको इनिङले सेन्ट किट्सले ठुलो स्कोर बनाउन सफल भएको थियो । यि दुई बाहेक क्रिश गेल, बेन कटिङ, महमुदुल्लाह र एन्टोन डेभसिचले क्रमशः ३५, २५, १६ र १५ रन बनाए ।

बलिङतर्फ ट्रिनबागोका अलि खानले ४ ओभरमा २३ रन दिंदै ३ विकेट लिए भने सुनिल नारिनले ४ ओभरमा २४ रन दिंदै २ विकेट लिए । त्यस्तै ड्वायेन ब्राभो र केभोन कुपरले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको ट्रिनबागोले २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो । ट्रिनबागोको लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका केभोन कुपरले आक्रामक इनिङ खेल्दै २२ बलमा ४४ रन बनाए । ४ छक्का र २ चौका प्रहार गर्दै नटआउट रहेका कुपरले अन्ततिर सेन्ट किट्सका बलरहरुलाई हैरान पारेका थिए । त्यस्तै डारेन ब्राभो, कोलिन मुन्रो र ड्वायेन ब्राभोले क्रमशः ४१, ३५ र १० रन बनाएका थिए ।

बलिङ तर्फ सेन्ट किट्सका कार्लोस ब्राथविटले ४ ओभर बलिङ गर्दै १९ रन दिएर  २ विकेट लिए । त्यस्तै बेन कटिङ र जेरेमियाह लुइसले रन धेरै खर्चिए पनि २/२ विकेट लिए ।

अघिल्लो खेलको पहिलो बलमै विकेट लिएका सन्दीपले यो खेलको पहिलो ओभरमा कुनै रन नदिइ १ विकेट लिए । सन्दीपको पहिलो ओभर अति नै रोमाञ्चक थियो ।

विश्व क्रिकेटकै दुई खतरनाक ब्याटसम्यान कोलिन मुन्रो र क्रिश लिन क्रिजमा हुँदा कप्तान क्रिश गेलले सन्दीपलाई इनिङको तेश्रो ओभर बलिङ गर्ने जिम्मा दिएका थिए ।

उक्त ओभरको सुरुको दुई बल क्रिश लिनले संयमित भएर डिफेन्ड गरे । तेश्रो बलमा रन प्रहार गर्ने उनको कोशिस व्यर्थ गएको थियो । चौथो बलमा सन्दीपले फालेको गुगलीलाई कडा शट प्रहार गर्न चुकेपछि क्रिश लिन बोल्ड आउट भएका थिए ।

त्यसपछि ब्याटिङ गर्न आएका अर्का धुरन्धर ब्याटसम्यान ब्रेन्डन म्याककुलमले बाँकि २ बल संयमित भएर खेलेपछि सन्दीपको खातामा विकेट मेडनको सफलता जोडियो । त्यसपछि इनिङको आठौं ओभरमा बलिङ गरेका सन्दीपले जम्मा ३ रन दिए ।

त्यसपछिका ओभरहरुमा नियमित विकेट लिएपछि सन्दीपलाई थप बलिङ गर्न आवश्यक परेको थिएन । तथापी आठौं नम्बरका ब्याटसम्यान केभोन कुपरले सेन्ट किट्सका बलरहरुलाई चुट्न थालेपछि इनिङको अन्तिम ओभरमा पुनः सन्दीपलाई बलिङ गर्ने जिम्मेवारी दिइएको थियो ।

२० औं ओभरमा पहिलो दुई बलमा २ रन लिएका ट्रिनबागोको खेलाडिहरुले तेश्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरेका थिए । यस्तोमा कुपरको आक्रामक ब्याटिङको जवाफ दिंदै सन्दीपले फालेको बललाई लामो प्रहार गर्ने क्रममा कुपर असफल भएपनि एन्टोन डेभसिचले क्याच गर्ने मौका गुमाएपछि सन्दीपको विकेट संख्या बढ्न सकेन र एक रन थप ट्रिनबागोको खातामा जोडियो । अन्तिम बलमा १ रन दिएसँगै सन्दीपले ३ ओभरमा १ मेडन राख्दै १७ रन खर्चिएर १ विकेट लिए ।

यस प्रतियोगितामा सेन्ट किट्सको लागि सन्दीप अहिले नै प्रमुख बलर भइसकेका छन् ।  पहिलो खेलमा नयाँ बलले बलिङ गरेका सन्दीपले आज डेथ ओभर (अन्तिम ओभर) बलिङ गर्ने अनुभवको अवसर पनि पाए । आजको जितले सेन्ट किट्सको फाइनल प्रवेश गर्ने सम्भावनालाई बलियो पारेको छ ।

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सको तेश्रो खेल जमैका तल्लावाहस विरुद्धको खेल नेपाली समय अनुसार बिहिबार बिहान ४ः४५ मा छ ।

 थ्रीस्टारको २५ सदस्यीय टोली, को को परे टिममा

काठमाडौं । थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल

 फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल

सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।  सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका

 पिपिएल टी–२० क्रिकेटको खेलाडी दर्ता शुरु भयो

काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता