छिमेकीहरुको ईच्छामा दाहालको भ्रमण !

काठमाडौं, २६ साउन । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पहिला भारत त्यसपछि चीन भ्रमणमा जाने भएका छन्। उनी दुइ छिमेकी मुलुकको भ्रमणमा जानुपर्ने उदेश्य र एजेण्डा भने अहिलेसम्म सार्बजनिक गरिएको छैन।

अध्यक्ष दाहालले आगामी भदौ २२ देखि २७ गतेसम्म भारतको साताव्यापी भ्रमण गर्ने भएका छन्। त्यसको सातदिन पनि नबित्दै उनी असोज १ गतेबाट चीनको पनि साताव्यापी भ्रमणमा जाने भएका छन्। 

तत्कालीन एमाले र माआवोवादी केन्द्रबीच एकीकरण भएपछि अध्यक्ष दाहाल पहिलो पल्ट भारत र चीनको भ्रमणमा निस्कँदैछन्। उनको भ्रमण उच्चस्तरीय हुने र भ्रमणमा शीर्ष नेतृत्वसँग भेटवार्ता हुने बताईएको छ ।  उनले राजनीतिक तहको शीर्ष नेतृत्वसँग पनि भेटवार्ता बताईएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै छिमेकी मुलुकको औपचारिक भ्रमण गरिसकेका छन् । दाहालको यो आशन्न भ्रमण भने नेपालको आवश्यकता भन्दा पनि दुबै छिमेकीको इच्छामा हुनलागेको एक पूर्व राजदूतले बताए । 

नेपालमा भरपर्दो र विश्वसनीय शक्तिलाई स्थापित गर्न चाही रहेका भारत र चीनले हाल सत्तामा रहेको दल नेकपाका दुबै अध्यक्षको मनसुवा बुझ्न पालैपालो भ्रमणमा निम्ता गरेको ती राजदूतको विश्लेषण रहेको छ। 
 

 

सरकारले यसरी बिताएछ वर्षदिन

सरकारको कामको समीक्षा दिनदिनै भएकै हुन्छ । हाम्रो प्रचलन बनेको छ– पहिलो सय दिन र वर्षदिन । सय दिन विरुवाको पात हेर्ने– चिल्लो देखिन्छ कि खस्रो । एक

 नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौं । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय

‘सरकार उल्टाउने खेल भैरहेको छ’: गृहमन्त्री

भद्रपुर । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास

 वाईडबडी खरिद प्रकरणः देउवा तानिए रवीन्द्र पनि नबच्ने

काठमाडौं । वाईडबडी विमान खरिद प्रकरणले निकै ठूलो तरंग ल्याउने बुझिएको छ । यसको अनुसन्धानमा कुनै अवरोध नआएमा सिंगो राजनीतिक क्षेत्रका हस्तीहरु र