डोनाल्ड ट्रम्पका सासु र ससुराले अमेरिकी नागरिकता लिए

न्यूयोर्क, २५ साउन । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिएको आप्रवासन सम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताए ।

नागरिकता प्राप्त गर्न कति समय लाग्यो वा स्थायी अनुमतिका लागि प्रथम महिला मेलानियाले सिफारिस गरेको हो होइन भन्ने उनले जानकारी दिएनन् ।

ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन् । अमेरिकी नागरिकता लिएका कतिपय मुलुकका नागरिकले आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गर्दै स्थायी आवासीय अनुमति दिलाउने र पछि नागरिकता लिने गर्दा अमेरिकामा बिदेशीको संख्या बढेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले बिदेशीका कारण रोजगारी गुमेको र राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना भइरहेको बताएका छन् । योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाई मात्र अमेरिकामा प्रवेश दिनुपर्नेमा उनको जोड छ ।

स्लोभेनियामा कार बिक्रेता भिक्टर नाभ्स र कपडा कारखानामा काम गर्ने अमालिजा दुवैको उमेर ७० वर्षभन्दा बढी छ । अवकाश जीवन बिताइरहेका उनीहरु दुवै अधिकांश समय अमेरिकामै बस्दै आएका छन् । उनीहरु छोरी मेलानीया र नाति ब्यारोनसँग रमाइरहेका छन् । रासस/एएफपी

 

 ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको सिफारिस

टोकियो । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले

कार्यकारी शक्तिको प्रयोग गर्दै ट्रम्पले गरे संकटकालको घोषणा

वासिङटन, ५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । देशमा संकट वा आपत्

भेनेजुएला संकटका यस्ता छन् भित्रि कारण

काठमाडौं ।  विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक

आतंकवादी हमलामा नाम जोडेपछि पाकिस्तानको यस्तो जवाफ

एजेन्सी । काश्मीरको पुलवामा क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परि ठुलो संख्यामा भारतीय सुरक्षा जवानको मृत्यु भएको विषयलाई भारतीय मिडियाले