नेपाली टोलीले थाइल्याण्डमा दोश्रो अभ्यास खेल खेल्दै

काठमाडौँ, २५ साउन । एसियाली खेलकूदको तयारीमा रहेको  नेपाली युवा फूटबल टोलीले आज  थायल्याण्डको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ ।

थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली टिमले स्थानीय यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो ।

बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो । ‘एशियन गेम्स’ र साफ च्याम्पियनसिपको लागि नेपाली टोली १० दिने विशेष प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेको छ ।

यही साउन २९ देखि हुने एशियाली खेलकूदका लागि नेपाली टोली थाइल्याण्डको प्रशिक्षणपछि इण्डोनेसिया जानेछ । एशियाली खेलकूदको समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग साउन २९ गते खेल्नेछ । दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूहचरणको अन्तिम खेल खेल्नेछ । प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना वरिष्ठ खेलाडीहरु किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् ।

यस्तै मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।

भोलीदेखि साफ यू–१५ फुटबल प्रतियोगिता

काठमाडौं, ६ कात्तिक । भोलीदेखि चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । यसको सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको

सन्दीप बने बिबिएलमा छानिने पहिलो एसोसियट्स क्रिकेटर, बंगलादेशी लिगको पुरा सिजन खेल्ने

काठमाडौं, ५ कार्तिक । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको व्यावासायिक क्रिकेट यात्राको निरन्तरता अब अष्ट्रेलीया र बंगलादेशमा पनि जारी हुने

एक सिङ्गे गैंडा जोगाउन फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल