लुटेराले गोली हाने, एकजना गम्भीर घाइते


धनुषा, २५ साउन । मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेका थिए । श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ ।

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र  एक लाभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताए । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ । रासस

 

आहारा जोगाउँदै गर्दै बाघ संरक्षण गर्नुपर्ने चुनौती

बाँके, १ कात्तिक । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो

राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ ।

 डेढ सय महिला–बालबालिका हराए

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट १५० महिला तथा बालबालिका हराएका छन् ।   तीन वर्षमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ, ३१ असोज । महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा