चलचित्रबाट राजनीतिमा ओर्लँदै कमल हसन

मुम्बइ । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी छन्। 

झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरिसकेका छन्। उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ। 

फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन्। उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन्। 

“यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,” एक अन्तर्वार्तामा उनले तमिलनाडुमा भने। 

थपु्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ। 

हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए। तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ। 

यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ। सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्ने भएका छन्। 

हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताएका छन्। 
म अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु, उनले भने। 

हसनले भारतका तमिल, तेलुगु, मलायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गीत गाउने गरेका छन्। रासस

\'आलिया कपूर\' भन्दा यस्तो आयो आलिया भट्टको जवाफ

काठमाडौं । बलिउडमा बिहेको सिजन चलिरहेको छ । दीपिका पादुकोण, रणवीर सिंह, प्रियंका चोपडा, कपिल शर्माले भरखरै बिहे गरेका छन् । यहिबीच बलिउड अभिनेत्री

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

पोखरा,२८ मंसिर । भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) चलचित्र बनाइएको छ । भुजेल समाज सेवा समिति, केन्द्रीय

प्रियंका र सलमानलाई पनि पछारिन प्रियाले

काठमाडौं । भ्यालेन्टाइन डेसँगै एउटा तस्विर भाइरल भयो । जसमा एउटी किशोरीले आँखा झिम्काएको थियो । कसैले नचिनेकी ति किशोरी विस्तारै गुगलमा खोजिन

कमेडी किंग कपिल शर्मा बिवाहबन्धनमा...

काठमाडौ,२७ मंसिर । भारतका चर्चित कमेडियन कपिल शर्मा बिवाहबन्धनमा बाँधिएका छन् । ‘कमेडी नाइट्स विद कपिल’ र ‘द कपिल शर्मा शो’ का कारण दर्शकको मन