हतियार देखाएर २५ लाख ६० हजार लुटियो

लहान, २५ साउन । सिरहाको मिर्चैया नगरपालिका¬–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले विहिबार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । 

मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए । 

बैंकबाट रकम झिकेर सञ्चालक साह एक्लै मोटरसाइकलबाट आफ्नो मनि ट्रान्सफरतर्फ जाँदै गरेको अवस्था सो घटना भएको प्रहरी नायब उपरीक्षक साहले बताए । 

लुटेराहरुको खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

नवदुर्गाको तान्त्रिक नृत्य शुरु

भादगाउँ, २ कात्तिक । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीका

कुमारीको हातबाट टीका ग्रहण

भक्तपुर, २ कात्तिक । विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । विजयादशमीमा

त्रिपुराकोटमा आज राती मात्रै दशैँको टीका लगाउने साइत

त्रिपुराकोट, डोल्पा, २ कात्तिक । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

राजविराज, २ कात्तिक । सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी