छोरो अपहरणमा परेको गलत सूचना दिने पक्राउ


 

काठमाडौँ, २४ साउन । छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

बैतडी पाटन स्थायी घर भई हाल काठमाडौँको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले आज नियन्त्रणमा लिएको हो । 

विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भनी बुधबार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको कन्ट्रोल नं १०० मा कल गरी जानकारी गराएका थिए । 

सो सम्बन्धमा अनुसन्धान गर्ने क्रममा निज राकेश विष्टको खोजताला गरी महाशाखामा ल्याई सोधपुछ गर्दा अपहरणमा परेको भन्ने गलत सूचना भएकोले प्रहरीलाई भ्रममा पार्न खोजेकालाई आवश्यक कानूनी कारवाहीको लागि नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । रासस

आहारा जोगाउँदै गर्दै बाघ संरक्षण गर्नुपर्ने चुनौती

बाँके, १ कात्तिक । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो

राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ ।

 डेढ सय महिला–बालबालिका हराए

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट १५० महिला तथा बालबालिका हराएका छन् ।   तीन वर्षमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ, ३१ असोज । महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा