‘नेपालको नयाँ संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

काठमाडौँ, २४ साउन । नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ । 

काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन आयोजकले आज विज्ञप्तिमार्फत जनाएको हो । 

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, अधिवक्ता, राजनीतिज्ञ, समाजशास्त्री तथा वर्तमान सांसद एवं प्रथम र द्वितीय संविधानसभाका सभासदहरूको सहभागिता हुनेछ । सात प्रदेशबाट यस विषयका जानकार, विज्ञ तथा राजनीतिज्ञको पनि सहभागिता हुने सचिवालयका यज्ञ थापाले जानकारी दिए। 

सोल्टि होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। नेकपा संसदीय दलको उपनेता एवं पूर्व सभामुख सुभाष नेम्वाङ, बङ्गला देशका संविधान निर्माणकर्ता वरिष्ठ संविधानविद् कमाल हुसैनलगायतले वक्ताको रुपमा सम्बोधन गर्ने  कार्यक्रम छ । 

आमन्त्रित सहभागीमध्ये करीब ३० अन्तर्राष्ट्रिय र ६० राष्ट्रिय न्यायशास्त्रका ज्ञाता तथा विद्वान र संविधानविद्हरूको उपस्थिति रहनेछ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजू श्रेष्ठले सम्मेलनबाट नयाँ संविधानको मूलभाव बुझ्न र यसको कार्यान्वयन र सूचित अभ्यासलाई मद्दत मिल्ने बताए। रासस

मौसम बदलि अझै लम्बीने, सोमबारदेखि वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ

पुजारीको पहलमा बालविवाह रोकिदै

लमही, ५ फागुन । पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने

चट्याङले लागेर एकको मृत्यु, १० जना घाइते

पाँचथर, ५ फागुन । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ

पर्वतमा प्याराग्लाइडिङको सम्भावना प्रमाणित

पर्वत, ५ फागुन । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा परीक्षण उडान सफल भएसँगै यस क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना देखिएको छ । उरामको