बलात्कारीलाई आजीवन जेल सजाय हुने कानून आउँदै

काठमाडौं । सरकारले बलात्कारीलाई आजीवन कारावास हुने गरी विद्यमान कानूनमा संसोधन गर्ने तयारी गरेको छ। बलात्कारीलाई आजीवन कारावास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा छलफलमा रहेको छ। 

समाजमा महिला र बालिकामाथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन कारावासको सजायको व्यवस्था सहित कानून संशोधन गरिन लागिएको महिला, बालबालिका तथा समाजक कल्याण मन्त्री थममाया थापा मगरले जानकारी दिएकी छिन्।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनवारेमा जानकारी दिएकी हुन्।   १० वर्ष मुनिका बालिका, क वर्गका अपाग महिला तथा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन कारावास हुने गरी कानूनमा संशोधन हुने मन्त्री थापाले  बताईन्।

समितिको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका  सांसदहरुले बलात्कारीलाई कडा भन्दा कडा कानून ल्याई सजाय गर्न माग गर्ने व्यवस्था गर्न सरकारलाई सुुझाव दिएका थिए। जवाफमा  महिला मन्त्री थापाले, कडा सजाय र कानूनले मात्र बलात्कार घटना रोकिन गाह्रो हुने भन्दै  बलात्कार घटना रोक्न नागरिक स्तरमा जनचेतना बढाउनुु आवश्यक भएको पनि बताईन्। उनले यसका लागि  स्थानीय सरकार बलियो र प्रभावकारी  हुनु पर्नेमा जोड दिइपर््न्। उनले बनेको कानूनको प्रभावकारी कार्यान्वयन भएमा पनि समाजमा विकृति फैलाउने घटना नियन्त्रणमा आउने बताईन्।
बैठकमा अधिकांश सांसदहरुले समाजमा महिला र बालिका असुरक्षित बन्ने अवस्था आएको भनी चिन्ता व्यक्त गर्दै नियन्त्रणको उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

बालिका माथि बलात्कार र  बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनाएको भन्दै महिला सांसदहरुले, बलात्कार नियन्त्रण गर्न बलात्कारीको लिंग छेदन गर्ने, फाँसी दिने वा आजीवन कारावास गर्ने जनदबाब आइरहेको भनी समितिको सभापति र सरकारको ध्यानाकर्षण गराए।
 

प्रधानमन्त्रीहरुका भाषण सम्झँदै रित्तो दशैँको स्वागत गर्दै छन् बाढी पीडित 

सुर्खेत । यहाँका बाढीपीडितका शिविरमा दशैँको कुनै उल्लास छैन । विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् ।  गिरिघाट शिविरका

दशैंमा राजधानीबाट २२ लाख मानिस बाहिरिए

काठमाडौं । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा

सुत्केरीलाई पोषण भत्ता

कञ्चनपुर, ३० असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ । ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा

यस्तो छ दशैंमा सेनाले चलाउने बसको रुट

काठमाडौं, २९ असोज । नेपाली सेनाले बिजया दशमीका दिन काठमाडौंका बिभिन्न रुटमा निःशुल्क बस चलाउने भएको छ । त्यसका लागि बिभिन्न रुट तय गरेको सेनाले जनाएको