सागरको पुनरागमन, चोटका कारण शरद् खेल्न नसक्ने

काठमाडौं, २४ साउन । आगामी एसिया कप छनौट प्रतियोगितालाई लक्षित गरि नेपाली टोली निमार्ण गर्नको लागि १९ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ ।
यसअघि बेलायत र नेदरल्याण्ड्स भ्रमणको क्रममा शरद भेषावकर घाइते भएका कारण टोलीमा छैनन् । उनले उक्त चोटको लागि कम्तीमा ४ हप्ताको आराभ गर्नु पर्ने भएकाले यस टोलीमा उनलाई छनौट गरिएको छैन ।
त्यस्तैगरी सागर पुनले प्रारम्भीक टोलीमा पुनरागमन गर्न सफल भएका छन् । मलेसियाको घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका उनले टोलीमा पुनः स्थान बनाएका हुन् । त्यस्तैगरी शक्ति गौचनले सन्यास लिएकाले उनको स्थानमा किशोर महतोले मौका पाएका छन् ।
प्रशिक्षक जगत टमाटाको नेतृत्वमा पारस खड्का सम्मीलित छनौट समितिले १९ खेलाडि छनौट गरेका हुन् ।
भदौ १३ देखि सुरु हुने प्रतियोगिता लक्षित गर्दै साउन २९ गते देखि नै बन्द प्रशिक्षण शुरु हुने भएको छ । त्यस्तैगरी यो प्रतियोगितामा सहभागि हुनुअघि भदौ ४ गते ३ वटा अभ्यास खेल खेल्न नेपाली टोली श्रीलंका जाने कार्यक्रम पनि रहेको छ ।
प्रारम्भीक टोलीमा छनौट भएका खेलाडिहरु यस प्रकार छन् :
१. पारस खड्का
२. अनिल कुमार साह
३. बसन्त रेग्मी
४. विनोद भण्डारी
५. दिपेन्द्र सिंह ऐरी
६. ज्ञानेन्द्र मल्ल
७. करन केसी
८. किशोर महतो
९. ललित भण्डारी
१०. ललित नारायण राजवंशी
११. आरिफ शेख
१२. प्रदिप ऐरी
१३. रोहित कुमार पौडेल
१४. सागर पुन
१५. सन्दीप लामिछाने
१६.सोमपाल कामी
१७. सुवास खकुरेल
१८. सुनिल धमला
१९. सुशन भारी
नेपालका नयाँ ब्याटिङ कोच अपुर्व सुबोध देसाई साउन २९ मा नेपाल आइ टोलीलाई प्रशिक्षण दिन थाल्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रमुख कोचको हैसियतमा जगत टमाटाले नै काम गर्ने जानकारी पनि दिइएको छ ।
एसिया कप छनौट प्रतियोगिता भदौ १३ गते देखि मलेसियामा आयोजना हुँदैछ। उक्त प्रतियोगितामा नेपाल बाहेक, ओमान, हङकङ, युएई, सिंगापुर र मलेसिया सहभागी हुनेछन्। राउन्ड रोबिन लिगमा खेलिने यस प्रतियोगिताको फाइनल खेल भदौ २१ गते हुनेछ।
यस प्रतियोगिताबाट एक मात्र टोली छनौट हुने व्यवस्था रहेको छ। यसमा छनौट भएमा नेपालले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका तथा अफगानिस्तान सम्मिलित एसिया कप प्रतियोगिता खेल्न पाउनेछ। भाद्र ३० देखि सुरु हुने एसिया कपमा नेपाल छनौट भएमा भारत र पाकिस्तानको समुहमा पर्ने हुँदा नेपालले थप अन्तर्रा्ष्ट्रिय एकदिवसिय प्रतियोगिता खेल्न पाउनेछ।