एक शेरबहादुरको सिंगापुरमा उपचार हुँदै,अर्का शेरबहादुरको उपचार नपाएर मृत्यु

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचार गर्न बुधबार सिंगापुर उडेका छन्। उनी त्यहाँको कुनै सुविधा सम्पन्न अस्पतालमा उपचार गराईरहेका छन्।

प्राप्त जानकारी अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली पनि निकट भविष्यमा फलोअप उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भर्खरै पत्नी सीताको उपचार गरी सिंगापुरबाट फर्केका छन्। 

विभिन्न दलका अरु नेताहरु उपचारकै लागि भनेर पहँुच पुग्ने देशमा ओहोर दोहोर गरिरहेका छन्, गरि नै रहन्छन्। 

जनता उपचार नपाएर मर्दै

यता दुर्गम जिल्ला रुकुमबाट उपचार नपाएर एकजना नागरिकले ज्यान गुमाएको खबर आएको छ। रुकुमको चौरजहारीमा एक बिरामीको उपचारका अभावमा मृत्यु भएको हो। 

जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो। दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो। पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट वञ्चित छन्। 

गत आइतबार जाजरकोट कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारका क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले शव बुझ्न मानेको छैन। मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको गलत सुईको प्रयोगले मृत्यु भएको भन्दै पीडित पक्षले उचित क्षतिपूर्ति र राहतको माग गरिरहेको छ।

उनको शव पाँच दिनदेखि अस्पतालमै छ। समयमा आफन्तले शव नबुझ्दा गन्हाउन थालेको छ। घटनाका कारण अस्पतालको उपचार सेवासमेत प्रभावित भएको अस्पताल प्रशानसनले बताएको छ ।
 

किन ठूला र धनी मान्छेलाई नै हुन्छ ह्रदयघात ?

काठमाडौं । ठूला र चर्चित मान्छेलाई हृदयघात भएको खबर बेलाबेलामा आइरहन्छ । विशेषज्ञहरुका अनुसार हृदयघात सामान्य मान्छेलाई भन्दा ठूला र चर्चित

\'जानी नजानी पिउनु हुन्न पानी\'

काठमाडौं । सामान्यतया डाक्टरले अधिकांश बिरामीहरूलाई धेरै पानी वा अन्य तरल पदार्थ पिउन सल्लाह दिने गर्दछन् । ‘पानी पिउन सल्लाह दिनु गलत होइन र

 काठमाडौं कथाः मुटु जोगाउने हो भने धुलोबाट भागौं  

काठमाडौं । पानी परे हिलो,घाम चर्किए धुलो । यस्तै छ काठमाडौंको हाल । सडकमा सवारीसँग सवारी खाँदिएर गुड्छन् । न आपसमा पालो गर्छन्, न त बटुवाकै वास्ता

किन रहस्यमय मानिन्छ मानसिक रोग ?

  मानसिक रोग फरक–फरक प्रकारका हुन्छन् र तिनका कारण पनि फरक हुन्छन् । शारीरिक रोगको जस्तै मानसिक रोगहरुको पनि आफ्नो छुट्टै पहिचान हुन्छ ।