जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु

बारामुल्ला, जम्मु काश्मिर । भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।

बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको थियो ।

प्राप्त जानकारी अनुसार, अब्दुल मजिद शाह नाम गरेका एक लडाकूलाई सुरक्षाफौजले पक्रेको छ । उनीबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्री समेत बरामद गरेको थियो । रासस/एएनआई
 

कारबाहीमा साठी अल शबाब समूहका आतङ्ककारी मारिए

सोमालिया, ३१ असोज । अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

पोर्ट सिडक्सन, मलेसिया, ३१ असोज । मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् । प्राप्त

रिक्सामा सवार आठ जनाको मृत्यु

इस्लामाबाद, ३० असोज । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ

बोको हरामद्वारा अर्का सहायताकर्मीको हत्या

अबुजा, ३० असोज । इस्लामिक स्टेट्सआवद्ध बोको हराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियामा एक महिला सहायताकर्मीको हत्या गरेका छन् ।अघि नै अपहरण गरिएका