अमेरिका–चीन व्यापारमा कमी

बेइजिङ, २४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीयाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ ।

दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा बुधबार यस्तो विवरण सार्वजनिक भएको छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनाबले व्यापार युद्धकै रुप लिने र त्यसले विश्व व्यापारमा असर पार्ने अनुमान गरिएको छ ।

जुलाईमा अमेरिकासँग चीनको व्यापार नाफा २८ अर्ब डलर भएको, जुन गत जुन महिनाको २८.९ अर्बभन्दा केही कमी हो । अमेरिकासँग चीनको व्यापार असन्तुलन नै ट्रम्पको सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो । ट्रम्पले चीनले छलकपटपूर्ण अभ्यास गरेको, अमेरिकी रोजगारी खोसेको र प्रविधि चोरी गरेको आरोप लगाउँदै आएका छन् ।

चीनको विश्वव्यापी व्यापारिमा पनि कमी आएको छ । आयात र निर्यात बढेपनि जुन महिनामा ४१.५ अर्ब डलर रहेकोमा जुलाईमा २८ अर्ब डलर भएको छ । चीनको अमेरिकासँगको व्यापार असन्तुलनमा कमी आएपनि ट्रम्पसँगको तनाब कम हुने देखिन्न । जुलाई ६ मा ह्वाइट हाउसले अमेरिका प्रवेश गर्ने ३४ अर्ब मूल्य बराबरका चिनीया उत्पादनमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । बेइजिङले पनि यस्तै कम चालेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार, अगष्ट २३ बाट चीनबाट आयात गरिने १६ अर्ब डलर बराबरका सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाइनेछ । ट्रम्प प्रशासनले कर वृद्धि गर्दै जाने अनुमान गरिएको अवस्थामा चीनले पनि प्रतिशोधपूर्ण करवृद्धि योजना अघि सारिरहेको छ । यसबाट पूर्ण व्यापार युद्ध हुने खतरा बढेको छ भने विश्व अर्थतन्त्रमै यसले गम्भीर असर पार्नेछ ।

अमेरिकाले भविष्यमा थप २०० अर्ब डलरका चिनीया सामानमाथि कर लगाउने तयारी थालेको छ ।

ट्रम्पले व्यापार युद्धलाई सहजै जित्न सकिने बताइरहेका छन् र चीनले आफ्ना कार्यमा सुधार नगरे सबै चिनीयाँ आयातमा कर लगाउने चेतावनी दिएका छन् । उनको यस कार्यबाट ३३५ अर्ब अमेरिकी डलरको व्यापार घाटालाई न्यूनीकरण हुने बताएका पनि छन् ।

अमेरिकी उद्योग र किसानहरु यो कदमबाट सर्वाधिक प्रभावमा परेका छन् । ट्रम्प प्रशासनले किसानहरुलाई परेको प्रभाव कम गर्न १२ अर्ब डलरको सहायता गर्ने घोषणा गरिसकेको छ ।

अक्सफोर्डका अर्थशास्त्रीहरुका अनुसार, अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी कूल घरेलु उत्पादनमा सन् २०२० सम्ममा करिब ०.७ प्रतिशतले कमी आउनेछ ।

अमेरिकासँगको कर युद्धका बाबजूद जुलाईमा चीनको विश्वव्यापी निर्यात प्रक्षेपण गरेभन्दा बढी १२.२ प्रतिशतले वृद्धि भएको छ र आयातमा पनि अनुमान गरेभन्दा केही बढी अर्थात् २७.३ प्रतिशत भएको छ । रासस/एएफपी

 

 ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको सिफारिस

टोकियो । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले

कार्यकारी शक्तिको प्रयोग गर्दै ट्रम्पले गरे संकटकालको घोषणा

वासिङटन, ५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । देशमा संकट वा आपत्

भेनेजुएला संकटका यस्ता छन् भित्रि कारण

काठमाडौं ।  विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक

आतंकवादी हमलामा नाम जोडेपछि पाकिस्तानको यस्तो जवाफ

एजेन्सी । काश्मीरको पुलवामा क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परि ठुलो संख्यामा भारतीय सुरक्षा जवानको मृत्यु भएको विषयलाई भारतीय मिडियाले