कार्यकाल उपलब्धिमुलक भयो – प्रधानसेनापति क्षत्री

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकाल चुनौतीपूर्ण रहे पनि समग्रमा सकारात्मक र प्रभावकारी भएको बताएका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा राष्ट्रिय सुरक्षा नीति तयार भई राजपत्रमा प्रकाशत भएको, तीन वटा पृतना, दुई वटा बाहिनी खडा भएको, विशेष फौज गुल्म, महिलाका लागि गोरखकाली गुल्म खडा भएको बताए। 


प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको ४२ औं प्रधानसेनापतिका रुपमा आफ्नो कार्यकाल पूरा गरी बिहीबारदेखि बिदामा बस्न लागेका छन्। सेनाको नेतृत्व नियुक्ति भएलगत्तै १० बुँदे मार्ग निर्देशन विसं २०७२ जारी गरेका कामको थालनी गरेका प्रधानसेनापति क्षत्रीले ९२ वृद्धाको बिदाइ सम्बोधनमा आफ्नो कार्यकालमा संगठनमा भएका सुधार र उन्नतिको चर्चा गरे। रासस

नवदुर्गाको तान्त्रिक नृत्य शुरु

भादगाउँ, २ कात्तिक । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीका

कुमारीको हातबाट टीका ग्रहण

भक्तपुर, २ कात्तिक । विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । विजयादशमीमा

त्रिपुराकोटमा आज राती मात्रै दशैँको टीका लगाउने साइत

त्रिपुराकोट, डोल्पा, २ कात्तिक । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

राजविराज, २ कात्तिक । सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी