‘निशान हत्याको कारण अर्कै हुनसक्छ’

काठमाडौं,२३ साउन । ११ वर्षिय बालक निशान खड्काको अपहरणपछि हत्या भएको घटनामा एक पूर्व प्रहरी अधिकारीले निशानको हत्याको कारण फिरौती मात्र हुन नसक्ने फरक प्रतिक्रिया दिएका छन् ।

पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले द हिमालयन टाइम्ससँग कुरा गर्दै भनेका छन्, ‘पीडित परिवारले गुजाराको लागि सानो खाजा घर चलाएको अवस्थामा उनिहरुले त्यत्रो पैसा फिरौती दिन समर्थ हुनसक्ने आधार देखिँदैन । अपहरणकारीहरुको पीडितसँग ३ वर्षदेखिको सम्बन्ध भएकोले यो कुरा उनिहरुलाई थाहा हुनुपर्ने हो । सोही कारण पनि फिरौती लिने उद्देश्यले मात्र यो घटना नभएको हुन सक्छ । यो घटनामा थप अनुसन्धान भएपछि अरु सत्य तथ्य बाहिर आउला । ’ 

गत आइतबार काँडाघारी बस्ने ११ वर्षिय निशान खड्कालाई २२ वर्षिय गोपाल तामाङ र २३ वर्षिय अजय तामाङले अपहरण गरि हत्या गरेका थिए । 
निशानलाई अपहरणकारीले साँझमा लिएर गएको उनकी आमा चमेलीले बताएकी थिइन् । अपहरणकारीले निशानलाई १२ बजे अघि नै हत्या हिलो जमिनमा गाडेको कुरा प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

यो अपहरणको घटना हत्याकै उद्देश्यले भएको अनुमान गर्ने पूर्व डिआईजी ठकुरी भन्छन्, ‘फिरौती लिनको लागि नै बालकको अपहरण गरेको भए पैसा नपाउन्जेल उक्त बालकलाई जिउँदै राख्नु पर्ने हो । तर यस घटनामा अपहरणकारी र सम्बन्धीत परिवारबीच फिरौतीको डिल निष्कर्षमा पुग्नु अघि नै बालकको हत्या भएको छ । ’

ठकुरीका अनुसार प्रहरी यस घटनामा गम्भीर रुपमा लागेपनि बालकलाई जीवितै उद्धार गर्न नसकेको पनि बताए । उनले यस्ता घटनामा अपहरितको सुरक्षा प्राथमिकतामा पर्ने र अपराधीलाई समात्ने कार्य त्यसपछि आउने पनि बताए ।

प्रहरीले अपहरणकारीलाई एसएमएस मार्फत् थर्काएको घटनालाई लक्षित गर्दै ठकुरी भन्छन्, ‘कुनै पनि अपहरणको घटना प्रहरीकोमा आएपछि, प्रहरी परिचालन गुप्त रुपमा हुनुपर्ने र यसको जानकारी अपराधीसम्म पुग्न हुँदैन । साथै पीडित परिवारलाई पनि यसको जानकारी दिनुहुँदैन । यसरी पीडित परिवारले थाहा पाएका कुरा चुहिएर अपहरणकारीले थाहा पाउने सम्भावना हुन्छ । ’ 

प्रहरीले हालसम्म विज्ञप्ती मार्फत् बालकलाई बचाउन नसकिएको र मुठभेडमा अपहरणकारी मारिएको बताए पनि उक्त घटनाको औपचारिक रिपोर्ट सार्वजनिक गरेको छैन ।
 

आहारा जोगाउँदै गर्दै बाघ संरक्षण गर्नुपर्ने चुनौती

बाँके, १ कात्तिक । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो

राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ ।

 डेढ सय महिला–बालबालिका हराए

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट १५० महिला तथा बालबालिका हराएका छन् ।   तीन वर्षमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ, ३१ असोज । महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा