नक्कली भिषामा नेपाल छिर्न खोजेपछि..


काठमाडौं, २३ साउन । असार ३१ गते क्यामरुनका एक जोडी रोमारिक बेट्टाट एनगुइफाङ र भेनेस्सा येनेन कतार एयरवेजबाट दिल्लीको बाटो हुँदै नेपाल आएका थिए ।

अध्यागमन विभागले उनिहरुको भिषा जाँच गर्ने क्रममा नक्कली भिषा लिएर आएको थाहा पाएपछि उक्त जोडीलाई फर्काउने निर्णय गरेको थियो ।

उनिहरु शंकाको घेरामा पर्नुको कारण उनिहरु दिल्लीबाट काठमाडौं आउँदा कतार एयरवेजबाट आएका थिए । दिल्लीबाट नेपाल आउँदा नेपाली र भारतीय एयरलायन्सहरु प्रशस्तै हुँदाहुँदै कतार एयरवेजबाट आएपछि उनिहरुमाथी थप छानविन भएको थियो ।

अनुसन्धानको क्रममा उनिहरु दिल्लीबाट कतार गएकोमा कतारमा छिर्न नदिएपछि नेपाल आएको पत्ता लागेको थियो । त्यसमाथी नेपाल आउने क्रममा नक्कली भिषा लिएर आएपछि उनिहरुलाई नेपाल छिर्न नदिइने निर्णय भएको थियो ।

रोमारिक र भेनेस्साले एकतर्फि टिकटमात्र लिएर आएकाले उनिहरुलाई साउन २१ गतेमात्र फर्काउन सकिएको थियो । यसरी नक्कली भिषामा आएकामा उनिहरुलाई जनही रु १०,००० जरिवाना तथा एक वर्ष नेपाल आउन प्रतिबन्ध पनि लगाइएको जानकारी अध्यागमन विभागले दिएको छ ।

पछिल्ला समय अफ्रिकी मुलुकबाट नेपालमा गलत कागजात लिएर आउनेको संख्या बढ्दो क्रममा छ ।

 

नेपालको हवाई सुरक्षाप्रति युरोपेली देशका राजदूत किन चलमलाए

काठमाडौं । नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ(ईयू) सकारात्मक देखिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र

  हिमालय एयरलायन्सका जहाज भाडामा, निगम हत्याउने दाउ

काठमाडौं, ३ फागुन । अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलायन्सले आफ्नो एउटा जहाज भाडामा लगाउन लागेको थाहा भएको छ । नेपालको यति वल्र्ड

 भरतपुर विमानस्थलमा प्रचण्डको रुची

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भरतपुर विमानस्थललाई भरपर्दो बनाउन रुचीपूर्वक लागेका छन् । उनको निर्वाचन क्षेत्रमा पर्ने यो विमानस्थललाई

निगमले सबै जहाज पूर्ण क्षमतामा उडाउने

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक (पाइलट)को अभाव र मर्मतका