रुँदै दिन बिताउँदै चमेली, ‘अन्न–पानी नै खाएकि छैनन्’


काठमाडौं, २३ साउन । आफ्नो ११ वर्षिय निर्दोष छोरालाई अपहरणकारीले निर्मम हत्या गरेको वेदनाले छटपटेकी आमा चमेली खड्काले आँसुको भल बगाउँदै रुँदै दिन बिताउने गरेको आफन्तहरु बताउँछन् ।

‘न त सुत्न सक्छीन्, न त केहि खाएपिएकि नै छिन्’ उनको एक आफन्तले बताइन् । काँडाघारी स्थीत भाइ पदम बहादुर सापकोटाको घरमा बसेकी चमेलीको अवस्थाले परिवारलाई थप चिन्तीत बनाएको पनि उनको आफन्तले बताइन् ।

गत आइतबार निशानलाई २२ वर्षिय गोपाल तामाङ र २३ वर्षिय अजय तामाङले अपहरण गरि हत्या गरेका थिए ।

निशानको मृत शरिर महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा रहेको छ । पोष्टमार्टमको रिपोर्ट र निशानको मृत शरिर परिवारका सदस्यलाई मात्र दिने नियम भएकोले आफन्तहरुले निशानको अन्तिम संस्कारको तयारी गर्न पाएका छैनन् ।

निशानकी आमा चमेलीको अवस्थाका कारण हस्पिटल जान नसक्ने भएकोले निशानका पिता गणेश बहादुर खड्का आएपछि मात्र निशानको अन्तिम संस्कार गरिने जानकारी पनि उक्त आफन्तले दिइन् । गणेश भोलि बिहिबार दिउँसो १ः३० मा मलेसियाबाट नेपाल आइपुग्दैछन् ।

प्रहरीले हालसम्म विज्ञप्ती मार्फत् बालकलाई बचाउन नसकिएको र मुठभेडमा अपहरणकारी मारिएको बताए पनि उक्त घटनाको औपचारिक रिपोर्ट सार्वजनिक गरेको छैन ।

 

मौसम बदलि अझै लम्बीने, सोमबारदेखि वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ

पुजारीको पहलमा बालविवाह रोकिदै

लमही, ५ फागुन । पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने

चट्याङले लागेर एकको मृत्यु, १० जना घाइते

पाँचथर, ५ फागुन । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ

पर्वतमा प्याराग्लाइडिङको सम्भावना प्रमाणित

पर्वत, ५ फागुन । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा परीक्षण उडान सफल भएसँगै यस क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना देखिएको छ । उरामको