न्यायापालिकाको स्वतन्त्रतामाथि अतिक्रमः कांग्रेस 

काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त घटनालाई नियन्त्रणकारी हस्तक्षेपको आरोप लगाउँदै आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षाका लागि क्रियाशील हुने जनाएको छ । 

संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिको यही साउन १८ गतेको बैठकले मतदानमार्फत बहुमतले अस्वीकृत गरेको थियो । 

बैठकले लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्वसांसद कमलप्रसाद पगेँनीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । पगेनी  यही साउन २० गते असामयिक निधन भएको थियो । 

यस्तै काँग्रेस नुवाकोटका पूर्वमहासमिति सदस्य विष्णु आचार्यको गत साउन १३ गते भएको असामयिक निधन र काँग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला विकास समितिका सभापति भैरुङ्ग धर्चे भोटेको गत साउन ९ गते भएको निधनप्रति पनि बैठकले गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेसले  मृतात्माको चीरशान्तिको कामना गर्दै सबै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्रीको सन्देश: सरकार डा.केसीलाई सुन्दैन

काठमाडौं । चिकित्सा शिक्षा र चिकित्सा सेवामा सुधारका अभियन्ता डा. गोविन्द केसीको पन्ध्रौं अनशनमा सुरुदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली

 संविधान र कानूनभन्दा व्यक्ति विशेषको अनशन सर्वोपरि हुनुहुन्न– प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको

कालो धन सेतो पार्ने धन्दामाथि कार्बाही हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालो धनलाई सेतो बनाउने धन्दालाई छानविन गरी कानूनी कार्बाही गरिने बताएका छन् ।  प्रतिनिधिसभामा आज संसद्

 \'वाईडवडीमा देउवा संलग्न छैनन्\'- महत

नारायणपुर । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताएका छन् । घोराहीमा दाङका पत्रकारसँगको