‘प्रधानन्यायाधीशको सुनुवाईमा संसदको सर्बोच्चतालाई प्राथमिकता दियौं’ –प्रचण्ड 

पर्सा, २२ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदको सर्बाेच्चतालाई स्थापित गर्न संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशबारे निर्णय गरेको बताएका छन्।

उनले भने,‘हामीले संसदीय सुनुवाई समितिको व्यवस्था संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो । त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ । दाहालले भने, ‘संवैधानिक परिषदबाट सिफारिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नैपथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाई समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनुपर्छ भन्ने बहस छ । हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं । 

दाहालले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट बताए । उनले भने, ‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ।’

 उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा भएको बताए।
 

सरकारले यसरी बिताएछ वर्षदिन

सरकारको कामको समीक्षा दिनदिनै भएकै हुन्छ । हाम्रो प्रचलन बनेको छ– पहिलो सय दिन र वर्षदिन । सय दिन विरुवाको पात हेर्ने– चिल्लो देखिन्छ कि खस्रो । एक

 नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौं । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय

‘सरकार उल्टाउने खेल भैरहेको छ’: गृहमन्त्री

भद्रपुर । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास

 वाईडबडी खरिद प्रकरणः देउवा तानिए रवीन्द्र पनि नबच्ने

काठमाडौं । वाईडबडी विमान खरिद प्रकरणले निकै ठूलो तरंग ल्याउने बुझिएको छ । यसको अनुसन्धानमा कुनै अवरोध नआएमा सिंगो राजनीतिक क्षेत्रका हस्तीहरु र