अब घरघरमा श्रीमद्भागवत गीता 

काठमाडौँ, २१ साउन । घरघरमा श्रीमद्भागवत गीता पु¥याउने अभियानको घोषणा गरिएको छ । 

गीता प्रेस बिक्री केन्द्रले आइतबार यहाँ आयोजना गरेको श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पु¥याएपछि प्रत्येक नेपालीका हातहातमा पु¥याउने लक्ष्यसमेत सार्वजनिक गरियो । 

कार्यक्रममा पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा कक्षा ५ देखि गीता अध्ययन अध्यापन भए पनि नेपाल र भारतजस्ता वैदिक ज्ञानको उत्पत्ति भएको देशमा नपढाइनु दुःखद् रहेको बताए। 

सांसद हृदयेश त्रिपाठीले सभ्यतामा परिवर्तन भए आस्था नरहने भएकाले वैदिक सनातन परम्पराको जर्गेना हुनुपर्नेमा जोड दिए। पशुपति विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले प्रत्येक देशको नेतृत्वका पाँच जना र विश्वका एक हजार नेतृत्व वर्गलाई गीता अध्ययन गराएमा विश्वशान्ति स्थापना हुने विचार व्यक्त गरे। 

कार्यक्रममा भारतीय राजदूतावासका मिशन उपप्रमुख डा अजय कुमार, नेपाल मारवाडी राष्ट्रिय परिषद्का अध्यक्ष पवन मित्तल, चौधरीग्रुपका महाप्रबन्धक मधु पौडेल, गीता प्रेसका प्रधानसम्पादक डा लालमणि तिवारी, गीता प्रेस सेवा केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडालगायतले विश्वमै बढी भाषामा अनुवाद भएको र धेरै बिक्रीको अभिलेख रहेको गीता नेपालीको हातहातमा पु¥याइनुपर्नेमा जोड दिए। 

गीता प्रेसले पहिलोपटक नेपालीमा अनुवाद गरेको पुस्तकमा ३०० पृष्ठ छ । पुस्तकको मूल्य २९ पर्छ । पुस्तकलाई आचार्य लक्ष्मण भण्डारीले अनुवाद गरेका हुन्। रासस

जीवनमा केही गर्नु छ भने यत्ति त गर्नै पर्छ

जति बोले पनि, जति सुने पनि धेरै मूल्य हुँदो रहेनछ । केही कुराहरु सुन्दाखेरि, किताब पढ्दाखेरि एकैछिनको लागि बुझेको जस्तो हुन्छ । आहा, मैले ज्ञान पाएँ ।

यो हो प्रेमको अजस्र स्रोत

जस्ताको तस्तै खोज्नु मात्रै सत्य हैन, यो सत्यको यस्तो स्वरुप मात्रै हो । जस्तो देख्यो,जस्तो महसुस गर्यो, जस्ताकोतस्तै व्यक्त गर्नु, यो सत्यको स्थूल रुप

देवघाटमा विराट ज्ञानमहायज्ञ सुरु

चितवन,२२ माघ । पवित्र तीर्थस्थल देवघाटमा मङ्गलबारदेखि विराट ज्ञानमहायज्ञ महेश सन्यास आश्रमको आयोजनामा गर्न लागिएको छ । महेश सन्यास आश्रम तथा महेश

प्रसिद्ध धर्मगुरु शिवकुमार स्वामीको १११ बर्षमा निधन

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा सोमबार १११ बर्षका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ । उनलाई शिद्धगंगा मठका स्वामीका रुपमा