सुन तश्करीको ‘ठूलो माछा’ मोहन अग्रवाल, ३० जना सफाई माग्दै उच्च अदालतमा

बिराटनगर । चर्चित सुन तस्करीका अभियुक्तहरुले आफूहरुलाई थुन्नु कानुन विपरित भएको दावी गर्दै सफाई पाउन उच्च अदालतमा निवेदन दिएका छन्। उनीहरुमध्ये ३० जनाले जिल्ला अदालत मोरङको आदेश उल्ट्याउन गर्न माग गर्दै   उच्च अदालतमा निवेदन दिएका हुन्।  

पुर्पक्षका लागि कारागारमा राख्नुपर्ने जिल्ला अदालतको आदेश कानुनअनुसार नभएको उनीहरूको दावी छ । निवेदन दिनेमा थुनामा रहेका २९ र धरौटीमा छाडिएका एक अभियुक्त छन् । जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै अदालतको बन्दोबस्तीको नियम १७ अनुसार उनीहरूले निवेदन दिएका हन् ।

गत १८ फागुनमा मोरङको उर्लाबारी नगरपालिका– १ स्थित जंगलमा उर्लाबारी– ७ का सनम शाक्यको हत्या गरिएको थियो । हराएको साढे ३३ किलोग्राम सुन पत्ता लगाउने क्रममा गोरे भनिने चूडामणि उप्रेतीको समूहले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो ।
सनमको शव १९ फागुन बिहान विराटनगर– ३ पोखरियामा जिपभित्रबाट प्रहरीले बरामद गरेको थियो । 

त्यसपछि ३३ किलो सुनकाण्डमा सनम शाक्यको हत्याभएपछि  सरकारले गत चैत ३० गते सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा उच्चस्तरी छानविन टोली गठन गरेको थियो । समितिले ७ सय पेज भन्दाबढीको प्रतिवेदन तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको छ ।

समितिको अनुसन्धानमा ७५ जनालाई प्रतिवादी बनाएको छ । जसमा ९ जना प्रहरी अहिले जिल्ला अदालत मोरङको आदेश अनुसार पुर्पक्षको लागि सुनसरीको झुम्का जेलमा थुनामा छन् । समितिले तयार पारेको प्रतिवेदनमा मूख्य सुन तस्करी खुलाएको छैन।  गृहमन्त्री रामबहादुर थापाले तस्करीमा ‘ठूला माछा’ पक्राउ गर्ने बारम्बार घोषणा गरेपनि ‘ठूला माछा’ भने पक्राउ पर्न सकेनन् ।

प्रतिवेदनमा मोहन कुमार अग्रवाललाई मूख्य लगानीकर्ताको रुपमा देखाइएको छ । त्यस्तै दुवईबाट आएको सुनको नेपालमा व्यवस्थापन गर्ने जिम्मेवारीमा चूडामणि उप्रेती गोरेलाई बनाइएको छ । नेपालको पैसा दुवई अवैधरुपमा हुन्डी मार्फत पठाउने कार्यमा व्यवसायी विमल पोद्धार रहेको उल्लेख छ ।

माघ ९ गते विमानस्थलबाट सजिलै बाहिरिएपछि हराएको ३३ किलो सुन कहाँ छ ? कसले लुट्यो भन्ने बिषय भने प्रतिवेदनमा समेत स्पष्ट छैन । ती सदस्यले भने,’ हराएको सुन कहाँ छ भन्ने प्रष्ट खुलेको छैन । थप अनुसन्धानमा भेटिएला ।’


 

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै

एक सयबाट शुरु भएको सहकारीमा दश करोड

प्यूठान, ३० असोज । गाउँगाउँमा सहकारी संस्था गठन र परिचालन पछि आर्थिक कारोवार पढ्न थालेको छ । खैराका २५ युवाले मासिक एक सय बचत गर्न शुरु गरी गठन भएको