एनसेलको सम्पत्ती जाँचिदै

काठमाडौं । विवादास्पद दूरसञ्चार कम्पनी एनसेलको सबै सम्पत्तीको लेखाजोखा गरिने भएको छ। लाभकर नतिरेर सँधै विवादमा परेको यो कम्पनीको सबै सम्पत्ती थाहा पाउन ठूला करदाता कार्यालयले पहल सुरु गरेको थाहा भएको छ। 

 निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी (एनसेल)को सम्पूर्ण सम्पत्ती तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न ठूला करदाता कार्यालयले परामर्शदाता छनौटको तयारी थालेको छ।

एनसेल खरिदर बिक्रीको यथार्थ विवरण तथा कम्पनीको वास्तविक वित्तीय अवस्था थाहा पाउन कार्यालयले डिडिए गर्न लागेको बताईएको छ। तीनवर्ष अघि एनसेलको स्वामित्व परिवर्तनमा लाग्ने पूँजीगत लाभकर कानुन अनुसार बुझाए नबुझाएको थाहा पाउन मूल्यांकन गरिन लागेको जानकार सूत्रले बताएको छ।

 एनसेलको स्वामित्व परिवर्तनका क्रममा बुझाइएको कर दायित्व चित्त बुझ्दो नभएपछि डिडिएको तयारी थालिएको थियो।  

  एनसेलको डिडिए गर्न ईच्छुक कम्पनीसँग १५ दिनको समय दिएर आशयपत्र माग गरिएको छ।  
 

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै

एक सयबाट शुरु भएको सहकारीमा दश करोड

प्यूठान, ३० असोज । गाउँगाउँमा सहकारी संस्था गठन र परिचालन पछि आर्थिक कारोवार पढ्न थालेको छ । खैराका २५ युवाले मासिक एक सय बचत गर्न शुरु गरी गठन भएको