राहुलले मोदीलाई अंकमाल गरेपछि

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुव चर्चा पाएको छ । 

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा गान्धीले मोदीलाई अनपेक्षित रूपमा अंकमाल गरेका थिए। 

भारतीय संसद्मा प्रधानमन्त्री मोदीका विरुद्ध बिहीबार प्रतिपक्षी दल कँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलि पल्ट शुक्रबार राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको बताइएको छ । 

प्रधानमन्त्री बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

विपक्षी दल कँग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै संसदमा अवरोध पनि गरेको छ । 

सो अवरोधप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री मोदीले संसद्को काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका थिए। 

शुक्रबार बिहान ट्वीट गरेर उहाँले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलसँग आग्रह गरेका थिए। 

यो संसदको वर्षे अधिवेशन भएकाले यसले कानून निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने भएकाले अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो । 

उनले सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद् चल्न दिन आग्रह गरेका थिए। रासस

मध्य अमेरिकालाई सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मेक्सिको, ६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन् ।

खशोग्गीप्रति साउदी राजपरिवारको समवेदना

रियाद, ६ कात्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ । साउदी राजा सल्मान बिन

भूकम्पको धक्काले हल्लायो ताइवानलाई

ताइपेइ, ६ कात्तिक । ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब, ६ कात्तिक । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट