रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो


वासिङटन, ४ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आपूm आतुर रहेको बताएका हुन् । उनले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो ।

आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनलाइ निम्तो दिइएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।

ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपत ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमन्त्रण गरेकोले पुटिनको अमेरिका भ्रमणको लागि तयारी पनि थालिएको जनाएका हुन् ।

दुई राष्ट्रपतिहरुबीच हालैमात्र फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । उक्त वार्तालाई लिएर विवादहरु पनि चर्किएको थियो । तर सो भेटवार्तालाई कतिपयले भने उपलिब्धमूलक भनेका छन् ।

यसै समयमा उता पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको समाचार सार्वजनिक भएको छ । यस विषयमा रुसको प्रतिक्रिया भने आइसकेको छैन ।

केही समयमात्र अघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूलाई रुसले सोधपुछ गर्न पाउनुपर्ने भनी उक्त हेल्सिन्की बैठकका क्रममा रुसी राष्ट्रपति पुटिनले राखेको प्रस्ताव अस्वीकार गरेको बताइएको थियो ।

दुई राष्ट्रपति ट्रम्प र पुटिनबीच सोमबार भएको उक्त शिखर बैठकमा यी धेरै विषयमा कुराकानी भएको थियो । ती सबै विषय बाहिर जानकारीमा अझै नआएको बताउने गरिएको छ ।

हेल्सिन्की बैठकपछि त्यहीँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको विषयमा आलोचनात्मक अभिव्यक्ति दिएका थिए ।

त्यस विषयमा यी दुई राष्ट्र प्रमुखबीचको विवाद बाहिरै देखिएको थियो । तर पछि भने ट्रम्पले उक्त शिखर बैठक सफल भएको प्रतिक्रिया दिएका थिए ।

यसरी भ्रमणका क्रममा पनि विवाद समाधान नभएर बाहिर आएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएबाट अमेरिकी अधिकारीहरुमा भने आश्चर्य छाएको छ । रासस÷एएफपी

 

 ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको सिफारिस

टोकियो । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले

कार्यकारी शक्तिको प्रयोग गर्दै ट्रम्पले गरे संकटकालको घोषणा

वासिङटन, ५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । देशमा संकट वा आपत्

भेनेजुएला संकटका यस्ता छन् भित्रि कारण

काठमाडौं ।  विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक

आतंकवादी हमलामा नाम जोडेपछि पाकिस्तानको यस्तो जवाफ

एजेन्सी । काश्मीरको पुलवामा क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परि ठुलो संख्यामा भारतीय सुरक्षा जवानको मृत्यु भएको विषयलाई भारतीय मिडियाले