कम्युनिस्ट सर्वसत्तावाद विरुद्ध लड्न अपिल 

काठमाडौ, असार ३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान सरकार सर्वसत्तावादतर्फ अघि बढेकाले लोकतन्त्र नै गुम्ने खतरा रहेको बताएका छन्। बिराटनगरवासीले २००७ सालमा निरंकुश राणा शासनका बिरुद्ध र २०४६ सालमा निरंकुश पंचायतका बिरुद्ध लडेको ईतिहास ताजै रहेको स्मरण गराउँदै लोकतन्त्रको उदगम भुमीले कसैको निरंकुशता स्विकार नगर्ने चेतावनी दिए । अब एकपटक बिराटनगरबासीले कम्युनिस्ट सर्वसत्तावादका विरुद्ध लड्ने समय आएको भन्दै उनले त्यसका लागी विराटनगरवासीलाई  तयारी अवस्थामा रहन निर्देशन दिए । 

विधी र विधान अनुसार पार्टी अगाढी बढ्यो भने कांग्रेस आफै बलियो हुने भन्दै कोइरालाले  हात मिलाएर फोटो खिचाएर एक भएको सन्देश दिईरहनु नपर्ने बताए । कोइरालाले महासमितिको वैठक भदौमा हुनुपर्ने अडान राखेका छन् । महासमितिको वैठक सार्ने कुरा सुन्दैछु कोइरालाले भने, यदी  यो भूल फेरी  गरियो भने कांग्रेसको लागी अर्को दुर्भाग्य हुन्छ। कोईरालाले समय पुगेका सबै भात्रृ संगठनको महाधिवेसन समयमै हुनुपर्नेमा समेत जोड दिए ।

विधान अनुसार पार्टी चले लोकतन्त्र बचाउन सकिने र गन्तव्यमा पुग्न सकिने तर  विभाजित मनस्थितिमा केही हुनजसक्ने उनको भनाई थियो ।

प्रजातन्त्र सेनानी स्वर्गीय उमालक्ष्मी शर्माको स्मृतीमा डा शेखर कोइराला र उनकी धर्मपत्नी पूनम कोईरालाले निर्माण गरेको कोठा हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले दिब्या कोईराला र नोना कोईरालाले कोईराला निवासमा बसाएको संस्कारलाई उमा शर्माले जीवनका अन्तिम दिनसम्म बचाईराखेको बताए । डा कोईरालाले कोईराला निवासको त्यो संस्कारलाई आफूहरूले निरन्तरता दिने बताए ।

 लाखको लागतमा नवनिर्मित भवनको साँचो आश्रमका अध्यक्ष जगत अर्याललाई हस्तान्तरण गरिएको थियो ।

नेकपामा सुनुवाई भएन माधव नेपालको असन्तुष्टि

काठमाडौँ, ६ कात्तिक , नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेता माधव कुमार नेपालले लिखित रुपमा दर्ता गराएको असन्तुष्टिको सुनुवाई हुन सकेन । पार्टीको

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको