कहिले चेत्ला कांग्रेस ?

केहि दिन अगाडि नेपाली कांग्रेसलाई माया गर्ने एकजना शुभचिन्तकसँग कुराकानी हुँदा उनले  वहुत चिन्तापूर्वक एउटा कहानी सुनाए । स्कूल पढ्दै गरेको उनको छोराले उनलाई आफ्नो शैक्षिक विषय वस्तु भन्दा वाहिर गएर एक्कासी एउटा प्रश्न गरेछ । बाबा कांग्रेस पार्टी त खत्तम रै छ ? यो प्रश्न सुनेर चकित परेका  उनले प्रतिप्रश्न  गरेछन्, किन ? छोराले सजिलै उत्तर दिएछ स्कुलमा सबैले यसै भन्छन् । 

 

  यो सामान्य कुराबाट अनुमान लगाउन सकिन्छ, अहिले समाजमा नेपाली कांग्रेसलाई कसरी चित्रण गरिँदैछ । समाजमा कांग्रेसको परिचयलाई कसरी गलत ढंगले स्थापित गर्न खोजिँदैछ । कांग्रेसले गरेका गल्ति र कमीकमजोरीहरुलाई मात्र एकएक गरि केलाएर चिया पसल, सार्वजानिक स्थल, सामाजिक संजाल, पत्रपत्रिका तथा विभिन्न संचार  माध्यम मार्फत नकरात्मक टिकाटिप्पणी गर्नाले समाजमा कांग्रेस अलोकप्रिय र रक्षात्मक अवस्थामा पुगेको छ । आखिर यो अवस्था कसरी आइपुग्यो ? किन कांग्रेसको मात्र आलोचना गरिन्छ ? के कांग्रेसले आजसम्म गल्ति मात्र गरेको   छ ? के एमाले र माओवादी दुधले नुहाएको र कांग्रेस मात्रै खराब हो ? होइन भने किन कांग्रेसलाई मात्र यसरी गालिको वर्षा गरिन्छ र हरेक कांग्रेस कार्यकर्ताले एकपटक गम्भिर भएर सोच्नुपर्ने वेला आएको छ ।

 

       यो लेखमा मुख्य गरि उठाउन खोजिएको विषय वस्तु भनेको कांग्रेस पार्टी पुरै सुनले छर्केको शुद्ध छ भनेर व्याख्या गर्न खोजिएको होईन । तर कुनै पनि पार्टीको विषयमा टिकाटिप्पणी र समीक्षा गर्दा त्यसको इतिहास , वर्तमानमा गरेका गलत र राम्रो काम, देशको राजनीतिक परिस्थिति र अन्य प्रतिस्प्रर्धी पार्टीहरुका गतिविधिलाई समेत हेरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने हो । अहिले प्रचारमा आएका कुराहरुलाई हेर्ने हो भने यस्तो लाग्छ,गणतन्त्र कांग्रेसको नेतृत्वमा होईन अरुलेनै गर्दा आएको हो ? समाबेसी एजेन्डा माओवादीको मात्र हो ? राष्ट्रियता केपी ओलीको ठेक्का हो ? नयाँ संविधानको निर्माणमा पनि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको कुनै भूमिका थिएन ? अहिलेको चुनौतिपूर्ण तिनैतहको निर्वाचन कांग्रेसको नेतृत्वमा भएको होईन निर्वाचन आयोग र नेपाल प्रहरीले आफंै गरेका हुन् ? 

 

यी र यस्तै भ्रमहरु कांग्रेसकोवारेमा फैलिएको छ । एक ठाउँमा माओले भनेका छन् “ एउटा गलत कुरालाई हजार पटक दोहोर्यायो भने त्यो सत्य सावित हुन्छ । ” भने झंै कांग्रेसले गरेका महत्वपूर्ण कार्यहरुको कुनै चर्चा नहुने तर कमिकमजोरीको मात्र हजार पटक चर्चा हुनेहो भने आज मात्र होईन भोलिको दिनमा पनि कांग्रेस थप कमजोर हुँदै जानेछ । अच्चमको विषय के छ भने कांग्रेस इतरका पार्टीका नेता कार्यकर्ताले कांग्रेसलाई कमजोर बनाउन आरोप लगाउने कुरालाई अन्यथा र अस्वभाविक मान्न सकिन्न  तर कांग्रेसकै नाममा वारम्वार सांसद मन्त्री खाएका र पार्टीलाई बलियो बनाउने केहि न केहि जिम्मेवारी पाएका नेता कार्यकर्ताहरु नै कांग्रेसमाथि लागेका आरोपहरुको खण्डनको साटो उल्टै कांग्रेसलाई सत्तोसराप गर्न थालेपछि सार्वजानिक रुपमा कांग्रेसको छविलाई धुमिल हुन नदिने जिम्मेवारी पो अव कसले लिने हो ?गम्भिर प्रश्न खडा भएको छ ।


चारैतिर कांग्रेसलाई मात्र दोसी देखाएर कम्युनिस्ट पार्टीलाई पानीमाथिको ओभानो देखाउन खोजिएको बेला कांग्रेसी कार्यकर्ताहरु  आपसमा लडेर बस्ने होइन सचेततापूर्बक कदम चाल्न जरुरी छ र गलत प्रचारले यतिसम्म अफवाह फैलाएको छकी हिजो कांग्रेसले गरेको मूल्यबृद्धि हुने अनि आज कम्युनिस्ट सरकारले गर्दा मूल्य समायोजन, हिजो दुर्घटना हुँदा अलिच्छिन हुने आज ओलीको पालामा दुर्घटना  हुँदा शुभ हुने । हिजो पचासजना प्रधानमन्त्रीसँग इन्डिया जाँदा जन्ती हुने आज ओलीसँग डेढसय चीन जाँदा मलामी नहुने । यो कस्तो बिडम्बना हो र कांग्रेसका हरेक नेता कार्यकर्ताले अब आपसमा लडाई भिडन्त गर्ने समय छैन भन्ने बुझ्न ढिलो गर्नु भनेको आफ्नै भविष्य अन्धकार बनाउनु हो । गाउँ प्रदेश र केन्द्र सरकार कम्युनिस्टको कब्जा भएको बेला हामी कांग्रेसी के कब्जाको लागि, के भाग पाउनको लागि मरिहत्ते गरेर गुटबन्दीको लागि लडाईं लड्ने ? सबैले एकपटक चिन्तन मनन गरौं ।


        नेपाली कांग्रेस एउटा पुरानोे पार्टी हो । लामो समय मुलुकको नेतृत्व गर्दै आएको छ । “ घोडा चडने मान्छेलडछ ” भनेझै यति लामो समय राष्ट्र संचालनको जिम्मेवारी वहन गर्दा पक्कै पनि निकै कमिकमजोरी त्रुटि र गलत निर्णयहरु भएका छन् । कांग्रेसले विगतका गल्तिबााट पाठ सिकेर अगाडी जान सकेन भने कांग्रेसको भविष्य थप जटिल बन्ने छ । हिजोको दिनमा अव्यवस्थित , सुस्त र गतिहिन संगठन तथा सरकार संचालनको क्रममा जन अपेक्षा र राष्ट्रको आवश्यकता विपरित अलोकप्रिय कदम र निर्णयले गर्दा कांग्रेस कमजोर बन्न पुगेको कुरा सत्य हो । तर के इतिहासमा कांग्रेसले केही राम्रा काम गरेको छैन त ? यदि छ भने यसको विषय कसले चर्चा गरिदिने ? राम्रा कुराको प्रचार जनताको विचमा कसले पु¥याउने ? हरेक कांग्रेसका सुभचिन्तकले एकपटक सोच्न जरुरी छ । 


   यदि २००७ सालमा नेपाली कांग्रेसले वी पीको नेतृत्वमा नेपालको राजनीतिक परिर्वतनमा ऐतिहासिक जनक्रान्ति नगरेको भए आजको दिनमा प्रचण्ड र केपी वली गाउँको चौतारामा सुस्केरा हाल्दै राणाको भजन गाउँदै बस्थे होलान् ।


 २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा कांग्रेसले जनआन्दोलन नगरेको भए केपी,माधव, नारायणकाजी, चित्रबहादुर केसी जेलमा हुन्थे की पलायन भैसकेका हुन्थे । ०६२÷०६३ को लोकतान्त्रीक आन्दोलन गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा नभएको भए आज प्रचण्ड, बावुराम, वादलहरु कि भारतको गल्लिमा दार्ही पालेर वस्थे कि जेलमा हुन्थे । कांग्रेस यस्तो पार्टी हो हजारांै नेपालीको रगत वगाउने माओवादीलाई अव थप नेपालीले  ज्यान गुमाउनु नपरोस भनेर जंगलबाट सिधै शहर छिराएर सिंहदरवारको आसनमा प्रचण्डलाई बसालेर पनि मुलुकलाई शान्ति प्रक्रियाको बाटोमा डो¥याएको इतिहास साक्षी छ ।


   २०६४ को निर्वाचानपछि प्रचण्ड सहित ४ वटा बाम सर्मथक प्रधानमन्त्रीहरु वने तर संविधान दिन सकेनन् तर २०७०  को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टि बने पछि निर्धारित समयमै विभिन्न चुनौतिका वावजुद पनि नयाँ संविधान निर्माण गर्नु  कांग्रेसको कम ठूलो सफलता थिएन तर हामी के के कमजोरी मात्र रहे त्यसको पछि मात्र लाग्यौं ।  


विभिन्न राष्ट्रिय दैनिक, अनलाईन , आर्टिकल र सामाजिक संजालमा  कांग्रेसलाई एकलौटि गालिको वर्षा भईरहनु तर त्यसको प्रतिवादमा कांग्रेसको कसैले पनि कलम नचलाउनुले सञ्चार माध्यम मार्फत कस्तो सन्देश गईरहेको छ सजिलै अनुमान गर्न सकिन्छ । वास्तबमा आजभोलि हेरेर नागरिकले सञ्चार माधयम र सामाजिक सञ्जाल हरेक आफ्नो धारणा बनाउने गर्छन् ।  संचार माध्यमको भूमिका र प्रभाव कस्तो हुन्छ भन्ने हेर्न सुष्मा स्वराजको भ्रमयणलाई लिएर आएका समचारहरुलाई हेरे मात्र पुग्छ । यदि एमालेको ठाउँमा कांग्रेसले स्वराजलाई सरकार बन्नु ठिक अगाडी नेपालमा बोलाएको भए कांग्रेस भारतको दलाल भनेर मिडियामा सर्वत्र गालि हुन्थ्यो होला। तर भारत बिरोधी भनेर खुवै हल्ला गरेको एमालेका नेताहरु लाईन लागेर सोल्टि होटलमा सुष्माको चाकडी गर्दा पनि कसैले केहि प्रश्न खडा गरेनन् ।  


नागरीक समाज, लेखक, पत्रकारले कांगे्रसको बिषयमा आलोचनात्मक टिप्पणी गर्नु अन्यथा होइन तर कांग्रेसका जिम्मेवार तहमा बसेका नेता कार्यकर्ताहरु पनि पाटिको सिमा र अनुशासन भन्दा बाहिर गएर पाटिलाई सार्वजनिक रुपमा गालि गरेर एउटा ब्यक्ति मात्र लोकप्रिय हुने प्रव्रितिले कांग्रेस थप कमजोर बन्न पुगेको   छ ।  


पार्टीका जिम्मेवार व्यक्तिहरु र कांग्रेस पार्टीसँग कुनै न कुनै रुपमा आबध्द भएकाहरुले कलम चलाउँदा पनि आफ्ना तिखा शब्दहरु वाम गठबन्धनमा देखिएको सत्ताको भुत, ओलीमा देखिएको अहंकार, वाम गठबन्धन प्रति प्रहार  हुँदैनन् किन हो कुन्नि? सजिलो मानेर होला कांग्रेसलाई नै गालि  गर्न मरिहत्य गर्छन् ।  


  कांग्रेसले बुध्दिजिवि,लेखक,पत्रकार,साहित्यकार स्वतन्त्र ब्यक्तिहरुलाई कहिलै सम्झेन । उनिहरुको सुझाव सल्लाहलाई खासै वास्तै गरेन सत्ताको मातमा रुमल्लियो अनि आज त्यसको परिणाम भोग्दैछ । त्यसैगरी कांग्रेसी कार्यकर्ताहरु पनि कसैको लहलहैमा लागेर कांग्रेसको हितमा होईन् गुटको हितमा सामुहिक भावनामा होईन नेताको भावनामा चल्नु,अन्यत्रबाट पार्टी र नेताहरुलाई खुईल्याउने काम हुँदा आफु दंग पर्नु । आफ्नै पार्टी भित्र लडेर बस्नु, खुट्टा  तानातान गर्नु,एउटा हार्दा अर्को खुशी हुनु, बाहिरकोसँग  भन्दा आफु भित्रै लडेर बहादुर बन्न खोज्नु र सिीगो पार्टीलाई अलोकप्रिय सावित गरेर केहि ब्यक्तिलाई मात्र हिरो बनाउन खोज्नुको परिणाम आज हामी भोग्दैछौ । कांग्रेसी कार्यकर्ताले के बुन्न जरुरी छ भने कांग्रेस समाप्त हुँदा सबैभन्दा बढि घाटा नेतालाई होईन कार्यकर्तालाई हुन्छ भनेर ।

(शाही, नेपाल तरुण दलका महामन्त्री हुन् ।)
                                             
 

प्रचण्ड, विप्लव, सेना, राजा र काङ्ग्रेस

हिजो पनि जन आन्दोलनमा विजयी पक्षले नै आफ्नो विश्वास अनुरुपको संविधान निर्माण गरेका थिए ! मर्म र सारमा जनताका प्रतिनिधिले नै संविधान लेखेका थिए ! २०४७

प्रधानमन्त्री ओली र रेशमी रुमाल

प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत द्विपक्षीय विज्ञ समूहका दुई सदस्यहरू नीलाम्बर आचार्य र राजन भट्टराईलाई क्रमश: भारतको लागि राजदूत र

विदेशी संस्थाहरुले नेपालमा गरेका अत्याचारका केही झलक

सेना र बन्दूकले अर्काे देशमा हस्तक्षेप गर्ने युग लगभग सकिएको छ । आजको युगमा हस्तक्षेप र अत्याचारको बलियो हतियार बनेको छ-  संस्था । नेपालमा विदेशी

सांस्कृतिक विश्वव्यापीकरण

मानव चेतना सर्वव्यापक छ । यही एउटा यस्तो जीव हो जहाँ जीवन आफैंमा सचेत छ । मानवलाई कल्पना, विवेक, आफ्नो अस्तित्व, जन्म, मृत्यु एवं सचेत अनुभूति जस्ता