गत वर्ष रु ७० मा बेचेको आँपको मूल्य यसवर्ष प्रतिकिलो रु १०, निरास छन् किसान

बर्दिबास, ३२ असार । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् ।

मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् ।

आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा रु १० प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो छ । “आँप त ठीकै फलेको हो” बर्दिवास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहाले भने–, “तर कौडीको मूल्यमा बेच्नु प¥यो, वर्षभरिको गुजारा अब कसरी टार्ने होला ?” गत वर्ष रु ७० प्रतिकिलोसम्म आँप बेचिएको सम्झदै कुशवाहाले यसपालि भने १०० बोट आँपबाट रु ५० हजार आम्दानी लिन पनि नसकिएको गुनासो गरेका छन् ।

महोत्तरी जिल्लामा बर्दिवास नगरपालिकाका खयरमारा, माईस्थान, बिजलपुरा, पशुपतिनगर र किसाननगर गौशाला नगरपालिकाका भरतपुर, रजखोर, लक्ष्मीनियाँ, बिसरपुर, फुलकाहा, बेलगाछी र भाण्टाबारी आँप खेतीका लागि कहलिएका ठाउँ हुन् । त्यसैगरी भंगाहा नगरपालिकाका रामनगर, जलेश्वर नगरपालिकाका पर्सापतैली, पिगौना र परिकौली र पिपरा गाउँपालिकाकाको पिपरा आँप खेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

गत वर्ष जिल्लामा आँप राम्रो नफलेकाले यसपालि बगैँचा खरिदप्रति व्यापारीले रुची नदेखाउँदा धेरैजसो बगैँचा किसान आफैँले रेखदेख गरेका थिए । “अरु वर्षजस्तो पहिले व्यापारी झुम्मिएनन्” भंगहा–४ रामनगरका किसान गंगाराम महतोले भने–, “आँप टिपेर बजार पु¥याइएको ज्याला पनि बिक्रीबाट पाइएन ।”

किसानले आँप बिक्रीबाट राम्रो आम्दानी लिन नसके पनि अहिले असार निगल्दो भने व्यापारीले भण्डारण गरेका आँपको मूल्य प्रतिकिलो रु ५० नाघेको छ । साउन महिना शिव उपासना गर्दा फलाहारमात्र गर्ने धार्मिक, सामाजिक परम्पराको फाइदा उठाउँदै व्यापारीले रु १० प्रतिकिलो लिएका आँप अहिले अब प्रतिकिलो रु ५० नघाइसकेका सर्वसाधारण उपभोक्ता बताउँछन् ।

“जताबाट पनि ठगिने त किसान र सोझासाझा जनता नै रहेछन्” बर्दिवास–५ का वडाध्यक्षसमेत रहेका फलफूल किसान दलबहादुर थापाले भने–, “आँप उत्पादनका पकेट क्षेत्रमा चिस्यानघर (कोल्डस्टोेर) बनाउन सकिएको भए किसान यतिबिघ्न लाचार त हुनु पर्दैनथ्यो । ”

जिल्लामा करीब तीन हजार हेक्टर क्षेत्रफलमा उत्पादन दिइरहेका आँपका बोट र आउने वर्ष उत्पादन दिने बोट ५०० हेक्टरमा रहेका जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । रासस

 

नेपालीलाई जापान जाने बाटो खुला, कमाइ २ लाख

काठमाडौं, ११ चैत । नेपालीहरुलाई कामदारको रुपमा जापान जाने मार्ग खुला भएको छ । सोमबार काठमाडौंमा नेपाल र जापान सरकारबीच यसबारे समझदारी पत्रमा

 सागबाट लाख कमाई

गलेश्वर । म्याग्दीमा साग बेचेर एक किसानले एक लाखभन्दा बढी कमाइ गर्न सफल भएका छन् । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट खबराका ६१ वर्षीय

 द्रुतमार्गमा काटिएका करोडौँको काठ नष्ट हुँदै 

हेटौँडा, २ चैत । मकवानपुरमा निजगड–काठमाडौँ द्रुतमार्ग ९फास्ट ट्रयाक० निर्माणका लागि काटिएका २५ करोड मूल्य बराबरको काठ लिलाम हुन नसक्दा नष्ट हुन

सप्तरीमा चैते धानको रोपाइँ प्रभावित

राजविराज, २ चैत्र । सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ ।  किसानलाई यतिबेला