अब सुविधासम्पन्न बसमा सौराहा–पोखरा–सौराहा, भाडा १५००

 

चितवन, ३२ असार । सौराहा–पोखरा–सौराहा रुटका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा आउने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।

ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५ सय रहेको छ । सो भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने उनले बताएका छन् । बसमा आरामले सुतेरसमेत यात्रा गर्न सकिने अधिकारीको भनाइ छ ।

सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने बताए । पछिल्लो समय पर्यटकले सुविधा खोज्दै गएको भन्दै उनले यससँगै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवतजावतका लागि सहज हुने बताए ।

पोखरा जगदम्भा ट्राभल्सको बस बिहान ७ः३० बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ । सो ट्राभल्सका ६० वटा बस पोखराबाट काठमाडौँ, विराटनगर, धनगडी, काँकडभित्ता, धरानलगायतका शहरमा सञ्चालन हुँदै आएका छन् । रासस
 

\'दुनियाँमा नेपालको कोही शत्रु छैन\': प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालले कसैका विरुद्ध, छिमेकी तथा मित्रका विरुद्ध कुनै कार्ड प्रयोग नगर्ने स्पष्ट पारेका छन् ।

न्यायाधीश र आठ कर्मचारीसँग सात करोड ५९ लाख तिराउन अख्तियार पुग्यो विशेष अदालत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न

 गरीबी निवारण कोषको १८ करोडमा रजाइँ गर्ने टाठाबाठा को को  हुन्

काठमाडौं । गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।  गरीबको नाममा खर्च हुने रकम

भारतद्वारा तल्लो अरुण जलविद्युत् आयोजना बनाउने प्रस्ताव

काठमाडौ,२९ माघ । भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा