फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि


काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको उपाधी जितेको छ ।

खेलको सुरुवातमा सुस्त खेलेका दुबै टोलीले सुरुवातमा वास्तविक गोल गर्ने अवसर खासै बनाउन नसकेपनि खेलको १८ औं मिनेटमा फ्रान्सका आन्त्वान ग्रिजमानले प्रहार गरेको शटलाई फर्काउन खोज्दा क्रोयसियाका मारियो मान्जुकिचको खुट्टामा लागि आत्मघाती गोल भएपछि खेलमा फ्रान्सले १ गोलको अग्रता लिएको थियो ।

फ्रान्सको अग्रता धेरै नटिक्दै खेलको २८ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै स्कोरलाई बराबरी गरेका थिए ।

उक्त बराबरी गोल पछि थप प्रतिस्पर्धात्मक भएको खेलमा ३६ औं मिनेटमा क्रोयसियाको डि बक्स एरियामा इभान पेरिसिचले बललाई हातले छोएपछि फ्रान्सले पाएको पेनाल्टीको अवसरलाई आन्त्वान ग्रिजमानले गोलमा परिणत गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता कायम गरेको थियो ।

बल पोसेसनमा क्रोयसिया अगाडि भएपनि खेलको ५९ औं मिनेट पल पोग्बाले गोल गर्दै फ्रान्सका गोलसंख्या ३ पुगेको थियो । त्यसको ६ मिनेटपछि किलियन एम्बाप्पेले गोल गरेपछि फ्रान्सले खेलमा ४–१ को अग्रता कायम गरेको थियो ।

खेलमा फ्रान्सको पूर्ण नियन्त्रण भएको अवस्थामा फ्रान्सका गोलकिपर ह्युगो लोरिसले अल्छी पारा देखाउँदा त्यसको फाइदा उठाउँदै मारियो मान्जुकिचले गोल गर्दै ४–२ को अवस्थामा पु¥याए पनि खेलमा फ्रान्सको पकड हटाउन क्रोयसिया सफल हुन सकेन ।

खेलको बाँकि समयमा दुबै पक्षले थप गोल नगरेपछि अन्ततः लिग चरण देखि बलियो प्रदर्शन गरेको फ्रान्सले विश्वकपको उपाधी जितेको छ ।
यो सँगै फ्रान्सका प्रशिक्षक डिडियर डेशच्याम्प कप्तान र प्रशिक्षकको हैसियतमा विश्वकप जित्ने तेश्रो व्यक्तित्व बनेका छन् ।

 

६ ओभरको खेलमा महेन्द्रनगर विजयी, अत्तरियाको पहिलो हार

धनगढि, ५ फागुन । वर्षाले खराब पारेको मैदानमा भएको ६ ओभर प्रति इनिङको खेलमा महेन्द्रनगर युनाइटेडले सिवाईसी अत्तरियालाई ७ विकेट हराएको छ । धनगढि

२९ बलमा ७ विकेट गुमाउँदै बीबीएलको उपाधि जित्न चुक्यो स्टार्स

काठमाडौं, ५ फागुन । बीग बाश लिग (बीबीएल) को फाइनल खेलमा मेलबर्न रेनिगेड्सँग १३ रनले पराजित हुँदै मेलबर्न स्टार्सले उपाधि जित्ने मौका गुमाएको छ । १३

फिफा विश्वकप २०३० को संयुक्त आयोजना प्रस्ताव गर्दै यी देश

एजेन्सी । सन् २०३० को लागि फिफा विश्वकपको लागि संयुक्त आयोजना गर्ने प्रस्ताव भइरहेको थाहा भएको छ । अर्जेन्टिना, चिली, पराग्वे र उरुग्वेले विश्वकप

बीबीएल फाइनलमा सन्दीपको कसिलो बलिङ, स्टार्सलाई १४६ रनको लक्ष्य

काठमाडौं, ५ फागुन । बीग बाश लिग (बीबीएल) को फाइनल खेलमा स्टार लेगस्पीनर सन्दीप लामिछानेले कसिलो बलिङ गरेका छन् । मेलबर्न स्टार्स र मेलबर्न