खुला विश्वविद्यालयले कानुन र व्यवस्थापन पनि पढाउने


काठमाडौँ, ३१ असार । खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेपछि स्नातकोत्तर तह र स्नातक तहमा थप कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले जानकारी गराए। 

जेठ १३ गतेदेखि पहिलोपटक कक्षा सञ्चालन गरेको खुला विश्वविद्यालयले भदौदेखि कक्षा सञ्चालन गर्नका लागि थप चार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

शर्माका अनुसार स्नातकोत्तर तहमा व्यवस्थापन प्रशासन ९एमबिए० र विकास, व्यवस्थापन र सरकार ९एमएसडिएमजी० तथा स्नातक तहमा कानूनमा ९एलएलबी० र व्यवस्थापनमा वाणिज्य विज्ञान ९बिबिएस० तहको कक्षा सञ्चालन गर्न थालेको छ । 

कक्षा सञ्चालन गर्नका लागि विश्वविद्यालयले विद्यार्थीलाई प्रवेश परीक्षाका लागि फारामसमेत खुलाइसकेको छ । 

शर्माले प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भदौको पहिलो हप्तादेखि कक्षा सञ्चालन गरिने बताए। 

अहिले खुला विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राध्यापकको कमीले गर्दा ५० जनामात्र भर्ना गर्ने भएको छ। 

पहिलोपटक नेपालमा खुलेको खुला विश्वविद्यालयमा नयाँ विषय र घरमा बसी पढ्न सकिने भएकाले आकर्षण बढेको हो । 

विद्यार्थी पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षौंदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्ने भएकाले खुला विश्वविद्यालयप्रति आकर्षण बढेको पाइएको छ । 

विश्वविद्यालयले अनलाइनको माध्यमबाट प्राध्यापकले बेलुका ६ देखि ९ बजेसम्म पढाउने गरेका छन् । 

इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको कक्षा सञ्चालन गर्ने उपकुलपति शर्माले बताए। 

उनले प्राध्यापक र विद्यार्थीबीच सहकार्य गर्नका लागि प्रत्येक सेमेष्टरमा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रियासमेत गरिँदै आएको जानकारी दिए। 

विश्वविद्यालयले अध्ययनका लागि अध्ययन सामग्री छलफल सामग्री र इ–लाइब्रेरी अनलाइनमा राखिएका हुन्छन् । 

विश्वविद्यालय अहिले डेढ वर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एक वर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुएट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुई वर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ । 

व्यवस्थापन र कानून संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकायबाट साधारण विषयदेखि इञ्जिनियरिङसम्म र विज्ञान, स्वास्थ्य र प्रविधि संकायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुने गर्छ । रासस

अब शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने

काठमाडौँ, १२ असोज । अब शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विहिबार सबै वाणिज्य बैंक तथा

ग्लोबल कन्सल्टको चौथो शाखा होबार्टमा

अष्ट्रेलिया  । ग्लोबल कन्सल्टले अष्ट्रेलियाको ताजमानियाको होबार्टमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।   होबार्टका पूर्व मेयर डेमन थोमसले

 एकतिहाइ गैरकानूनी शैक्षिक परामर्शदाता महिला तस्करी गर्छन्

काठमाडौं, ३ असोज । नेपालका करिब २५ सय शैक्षिक परामर्शदाता रहेको र यसमध्ये एक तिहाइ अवैध रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ

 निजी क्षेत्रका शिक्षालय र अस्पताललाई आफ्नो बन्दोबस्त गर्न चेतावनी 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका