‘ग्राण्ड फिनाले’ मा फ्रान्स र क्रोयसियाको भिडन्त


काठमाडौं, ३१ असार । फिफा विश्वकप २०१८ को अन्तिम तथा विजेता निर्धारक खेलको लागि विश्वकपमा तेश्रो पटक फाइनलमा प्रवेश गरेको फ्रान्स र पहिलो पटक फाइनल खेल्दै गरेको क्रोयसिया भिड्दैछन् । नेपाली समय अनुृसार साँझ ८ः४५ मा सुरु हुने यो खेल रसियाको राजधानी मस्को स्थित लुझ्निक स्टेडियममा खेलिदैंछ ।

यस विश्वकपको एक महिनाको अवधिमा ६३ खेल सम्पन्न भएको छ । केहि खेलमा सामान्य सिद्धान्त अनुसार बलियो टोलीले जितेपनि यस विश्वकपका थु्रपै खेलहरुमा रोमाञ्चक नतिजाहरु आयो । बलिया भनेका धेरै राष्ट्र समुह चरणबाट बाहिरिए भने केहि औसत टोलीहरु पनि माथी आउन सफल भए ।

फ्रान्सको टोली युवा भएको तथा सुरुवात देखि नै फाइनल सम्म पुग्न सक्ने टोलीको छवि बनाएको भएपनि यस विश्वकपमा क्रोयसियाको फाइनलसम्मको यात्रा अद्भुद रह्यो ।

क्रोयसियाले समुह चरणमा अर्जेन्टिनालाई हराएको घटना अहिले आएर विश्लेषण गर्दा सामान्य लागेको छ । डेनमार्क, रसिया र इंग्ल्याण्ड जस्तो टोलीलाई नकआउट चरणहरुमा हराउँदै फाइनल पुगेको क्रोयसिया सन् १९९८ को विश्वकपमा फ्रान्ससँग सेमिफाइनलमा भोगेको पराजयको बदला लिने अवसर पाएको छ ।

फाइनलसम्म पुगेको क्रोयसिया उपाधिको हकदार भएपनि फ्रान्सको तुलनामा क्रोयसियाले कठिन यात्रापछि उपाधिको नजिक पुग्न सफल भएको हो । डेनमार्क र रसियासम्म पेनाल्टीमा र इंग्ल्याण्डसँग अतिरिक्त समयमा जित दर्ता गरेको क्रोयसियाले फ्रान्सको ‘कम्प्याक्ट’ टोलीसँग कसरी खेल्छ, त्यो हेर्न धेरै समय कुर्नुपर्ने छैन ।

अर्कोतर्फ समुह चरणमा डेनमार्कसँग बराबर गरेको बाहेक यस प्रतियोगितामा बलियो प्रदर्शन गरेको फ्रान्स अपेक्षा अनुरुप फाइनल पुगेको छ । अर्जेन्टिना, उरुग्वे र बेल्जियम जस्तो टोलीलाई प्रि क्वार्टर, क्वार्टर र सेमिफाइनलमा हराइ उपाधी चुम्न आतुर लेस ब्लुस लाई रोक्न क्रोयसियालाई कठिन पर्ने पक्का छ ।

त्यस्तै दुई दशक अघि क्रोयसियालाई सेमिफाइनलमा हराउने तत्कालिन फ्रान्सका कप्तान र अहिलेको फ्रान्सका प्रशिक्षक डिडियर डेशच्याम्पले आजका खेल जिताएमा विश्वकप फुटबलको इतिहासमा उनि कप्तान र प्रशिक्षकका हैसियतमा विश्वकप उपाधी जित्ने तेश्रो व्यक्ति हुनेछन् । यसअभि मारियो जागाल्लो र फ्रान्ज बेकेनबवेरले मात्र यो उपलब्धी हासिल गरेका छन् ।

विश्वकपको सुरुवातमा शायदै कसैले क्रोयसियालाई फाइनल पुग्ने सोचेको थिए होलान् । तथापी यस प्रतियोगितामा देखाएको लडाकु शैलीको कारण भात्रेनी ले यो उपलब्धी पाउनु न्यायसंगत छ । पछिल्लो ३ खेल नै ९० मिनेटमा नसकिएपनि शारिरीक शक्तिमा रत्तिभर कमि नदेखिएको क्रोयसियाको यस ‘गोल्डेन जेनेरेसन’ ले यस विश्वकपको उपाधी पाएसँगै फुटबलको शक्ति राष्ट्रमा दरिने अवसर पनि पाउनेछ । अबको १ खेलले क्रोयसियाको फुटबल भविष्य नै परिवर्तन हुन हुनाले यस खेलमा क्रोयसियालाई गल्ती गर्ने छुट छैन ।

त्यस्तै फ्रान्सले यस प्रतियोगितामा हरेक विधामा आफुलाई उत्कृष्ट प्रमाणित गरेर फाइनलमा स्थान बनाएको हो । तथ्यांकमै गएर हेर्ने हो भने पनि फ्रान्सको यो विश्वकपको यात्रा कठिन थियो । तथापी फ्रान्सले बलियो हैसियत प्रमाणित गरिरहेको छ । तर सन् २०१६ को फाइनलमा यस्तै अवस्थामा हुँदाहुँदै तुलनात्मक रुपमा कमजोर पोर्चुगलसँग हारेकोले फ्रान्सले फाइनलमा खुट्टा कमाउने गल्ती गर्न सक्छ । सन् २००६ मा पनि इटालीले बलियो फ्रान्सलाई हराएकोले फ्रान्सको लागि पनि यो खेल सजिलो भने छैन । त्यस्तै क्रोयसियाको शारिरीक बलको आधारमा खेल्ने शैली पनि फ्रान्सको लागि चुनौति नै हो  ।

आजको खेलमा विजयी भएमा क्रोयसियाले पहिलो पटक विश्वकप उपाधी जित्ने इतिहास कायम गर्छ भने फ्रान्सले जितेको खण्डमा यो दोश्रो उपाधी हुनेछ ।

सम्भावित सुरुवाती ११

फ्रान्स

ह्युगो लोरिस, बेन्जामिन पभार्ड, राफेल भरान, स्यामुयल अम्तीती, लुकास हर्नान्डेज, पल पोग्बा, एनगोलो कान्टे, किलियन एम्बाप्पे, आन्त्वान ग्रिजमान, ब्लाइस मतुइदी, ओलिभर गिराउड ।

क्रोयसिया

ड्यानियल सुबासिक, साइम भ्रसाल्को, डेयान लोभ्रेन, डोमागोय भिदा, इभान स्टी«निच, इभान राकिटिच, मार्सेलो ब्रोजोभिच, आन्ते रेबिच, लुका मोड्रिच, इभान पेरिसिच, मारियो मन्दाजुकिच ।

 

भोलीदेखि साफ यू–१५ फुटबल प्रतियोगिता

काठमाडौं, ६ कात्तिक । भोलीदेखि चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । यसको सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको

सन्दीप बने बिबिएलमा छानिने पहिलो एसोसियट्स क्रिकेटर, बंगलादेशी लिगको पुरा सिजन खेल्ने

काठमाडौं, ५ कार्तिक । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको व्यावासायिक क्रिकेट यात्राको निरन्तरता अब अष्ट्रेलीया र बंगलादेशमा पनि जारी हुने

एक सिङ्गे गैंडा जोगाउन फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल