तेश्रो स्थान हातपार्न बेल्जियम र इंग्ल्याण्ड भिड्दै

काठमाडौं, ३० असार ।  विश्वकप २०१८ अन्तर्गत सेमिफाइनलमा पराजित भएका दुई टोली तेश्रो स्थानको लागि आज खेल्दैछन् । नेपाली समय अनुसार साँझ ७ः४५ मा हुने यो खेल रसियाको सेन्ट पिटर्सबुर्ग मैदानमा खेलिँदैछ । 

सेमिफाइनल खेलमा फ्रान्ससँग पराजित बेल्जियम र क्रोयसियासँग पराजित इंग्ल्याण्डका लागि भावनात्मक रुपमा यो कठिन खेल हो । विश्वकपको फाइनल पुग्न हरसम्भव प्रयास गरेका यी दुई टोली त्यो हारले क्षुब्ध भएपनि फिफाको नियमअनुसार तेश्रो स्थानको लागि खेल्नैपर्ने बाध्यता भएकाले आजको खेलमा शतप्रतिशत योगदान गर्ने बेल्जियमका मेनेजर रोबर्टो मार्टिनेज र इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् ।

यस विश्वकपमा ‘गोल्डेन जेनेरेसन’ ले खेलिरहेकाले फाइनल पुग्ने विश्वासमा रहेको सिपयुक्त बेल्जियमको टोली शायद अर्को विश्वकपमा यस्तो बलियो स्थितिमा नरहन सक्छ । यस्तोमा आजको खेलमा अद्भुत कौशल देखाउँदै यो खेल जितेर विश्व फुटबलमा बेल्जियमको नाम सम्झीने घटना बनाउन चाहन्छन् ।

अर्कोतर्फ युवा खेलाडिको बाहुल्य रहेको इंग्ल्याण्ड पनि २८ वर्षपछि सेमिफाइनलसम्म पुगेकोले यस उपलब्धीलाई थप महत्वपूर्ण बनाउन यो खेल जित्न चाहन्छ । लिग चरणमा बेल्जियमसँग हारिसकेकोले पनि इंग्ल्याण्डलाई त्यो हारको बदला लिने अवसर पनि प्राप्त भएको छ । 

आजको खेलमा जित प्राप्त गरि आफ्नो देशका समर्थकलाई जाँदाजाँदै एउटा सुन्दर उपहार लैजाने धुनमा दुबै टोली रहेकाले पनि आजको खेलमा यी दुई टोलीको एउटै उद्देश्य जित हुनेछ । त्यस्तैगरी  विगतको इतिहास हेर्ने हो भने तेश्रो स्थानको खेलमा बढि गोल हुने गरेकोले दर्शकले आजको खेलमा पनि त्यस्तै ‘हाइस्कोरिङ’ खेलको मज्जा लिन पाउनेछन् ।

यो पनि हेर्नुहोस्

कुनै टोलीले ‘खेल्न नचाहने’ विश्वकपको खेल

भोलीदेखि साफ यू–१५ फुटबल प्रतियोगिता

काठमाडौं, ६ कात्तिक । भोलीदेखि चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । यसको सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको

सन्दीप बने बिबिएलमा छानिने पहिलो एसोसियट्स क्रिकेटर, बंगलादेशी लिगको पुरा सिजन खेल्ने

काठमाडौं, ५ कार्तिक । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको व्यावासायिक क्रिकेट यात्राको निरन्तरता अब अष्ट्रेलीया र बंगलादेशमा पनि जारी हुने

एक सिङ्गे गैंडा जोगाउन फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल