सन्दीपको टोली लिग चरणबाटै बाहिरियो


काठमाडौं, २९ असार । नेपाली स्टार सन्दीप लामिछानेको टोली मन्ट्रीयल टाइगर्स क्यानडाको घरेलु लिग ग्लोबल टि–२० बाट अन्ततः बाहिरिएको छ ।

समुह चरणको ५ मध्ये ४ खेल हारेपछि मन्ट्रीयलको प्ले अफ खेल्ने सम्भावना पातलिइ सकेकोमा दोश्रो चरणको एक मात्र खेलमा वेष्ट इन्डीज बी टिमलाई राम्रो अन्तरले हराएकोले मन्ट्रीयलको सम्भावना गणितिय आधारमा जिवित रहेको थियो ।

यस्तोमा विनीपेग हक्स टोलीले दोश्रो चरणको खेलमा टोरन्टो नेशनल्सलाई हराएर प्ले अफमा गएपछि मन्ट्रीयल प्रतियोगितबाट बाहिरिएको हो । यो खेल टोरन्टोले जितेको भए मन्ट्रीयल प्ले अफमा पुग्ने थियो ।

आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेर विश्व क्रिकेटको ध्यान तान्न सफल भएका सन्दीप लामिछानेलाई क्यानडाको यस विश्व स्तरीय लिगमा छनौट गरेपछि सन्दीपको चर्चा झनै चुलिएको थियो ।

कागजी प्रक्रिया लम्बिएको कारण पहिलो खेलमा गुमाएका सन्दीपले मन्ट्रीयलका लागि दोश्रो खेल देखि अन्तिमसम्म सुरुवाती ११ मा पर्दै हरेक खेल खेलेका थिए । कुल ५ खेल खेलेका सन्दीपले २० ओभर बलिङ गर्दै १५७ रन दिंदै कुल ८ विकेट लिएका छन् । उनले प्रतियोगिताभर २ वटा मेडन राखे भने प्रत्येक विकेटको लागि औसत १९.६२ रन खर्चिए । त्यस्तै प्रतियोगिताको औसत इकोनोमि रेट ७.८५ रहेको छ ।

मन्ट्रीयलको टोलीमा लासिथ मालिङ्गा, पिटर सिडल, सुनिल नाराइन जस्ता हस्तीहरु भएपनि सन्दीपलाई महन्वपूर्ण खेलाडिको हैसियतमा व्यवहार गरेको स्पष्ट बुझिन्छ । विपक्षीको साझेदारी जम्दा उक्त साझेदारी तोड्न होस् वा सुरुवातमा नयाँ बलले स्पीन गर्न होस् वा इनिङको अन्तमा रन रोक्न होस् , हरेक अवस्थामा मन्ट्रीयलले सन्दीपको प्रयोग गरेका थिए । उनले खेलेको पहिलो खेल फितलो रहेपनि बाँकि ४ वटा खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अब सन्दीप नेपाल आइ जुलाइको अन्तमा नेदरल्याण्ड्स र मेलिलेबोन क्रिकेट क्लब सम्मीलित त्रिकोणात्मक सिरिज र नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरिजको तयारीमा जुट्नेछन् ।

त्रिकोणात्मक सिरिज जुलाइ २९ मा हुनेछ भने एकदिवसिय खेलहरु अगस्ट १ र अगस्ट ३ मा हुनेछ ।

यि प्रतियोगिताहरु सकिएपछि सन्दीप अगस्ट ८ देखि सुरु हुने क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डीज लाग्नेछन् ।
 

 

जितका बावजुद नेमारको चोटका कारण पीएसजी तनावमा

एजेन्सी । जारी फ्रेन्च कपमा स्टार्सवर्गमाथी पेरिस–सेन्ट जर्मेन (पीएसजी) ले २–० गोल अन्तरको जित दर्ता गरेको छ । जितका बावजुद स्टार खेलाडी नेमार

आजदेखि एसियन कप फुटबलको क्वाटरफाइनलका खेल सुरु, पहिलो खेलमा भियतनाम र जापान भिड्दै

काठमाडौ,१० माघ । यूएईमा जारी एसियन कप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे

क्रिकेट स्टारहरु पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रीय व्राण्ड रुस्लानले क्रिकेट स्टारहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडर

रोनाल्डोलाई २३ महिनाको जेल सजाय...

काठमाडौ,९ माघ । पोर्चुगिज तथा युभेन्टस्का फुटबल स्टार क्रिष्टियानो रोनाल्डो करछलीमा दोषी ठहरिएका छन् । करछलिको आरोपमा पोर्चुगिज फुटबल स्टार