जापानमा वर्षा र बाढीबाट १९९ को मृत्यु

 टोकियो, २८ असार । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ । 

जापान सरकारका प्रमुख प्रवक्ताले बुधबार सो जानारी दिनुभएको हो । बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ । 

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । 

मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । 

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन् । 

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ । 

जापानी अधिकारीहरुले यहाँ गएको तीन दशकपछि पहिलो पटक यति ठूलो मात्रामा वर्षा भएको जनाएका छन् । ती अधिकारीहरुकाअनुसार मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताएका छन् । 

टोकियोको बाहिरी इलाकाहरुमा पनि अविरल मात्रामा वर्षा भएको छ । सो वर्षामा परी टोकियोमा नै कसैको ज्यान नगएको भए पनि पहिलेका तुलनामा पानीको मात्रामा भने बृद्धि भएको बताइएको छ । (रासस/एएफपी) 
 

रक्सीले मात्तिएका एक यात्रुले विमान हाइज्याक गर्न खोजेपछि.....

मस्को,१० माघ । रुसमा मदिरा सेवन गरेका एक व्यक्तिले विमान हाइज्याक गर्ने प्रयास गरेपछि एरोफ्लोट एसयु १५१५ नामक यात्रुबाहक विमान १५ मिनेटमै आकस्मिक

अदालतद्वारा पहिलो पटक ट्रम्पको नीति सदर, ट्रान्सजेण्डर सेनामा जान नपाउने

काठमाडौ,९ माघ । अमेरिकाको सर्वोच्च अदालतले ट्रान्सजेण्डर व्यक्ति सेनामा भर्ति हुन नपाउने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नीतिलाई सदर गरेको

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमणमा ६५ को मृत्यु

गाज्नी, अफगानिस्तान । अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ ।

दक्षिण कोरियाको आर्थिक वृद्धिदर ६ वर्षयताकै कम

सोल, ८ माघ । दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २.७ प्रतिशत रहेको बैंक अफ कोरियाले जनाएको छ । यो वृद्धि विगत छ वर्ष यताकै सबैभन्दा कम हो ।