अझै तीनदिन भारी वर्षाको सम्भावना,बागमती क्षेत्रमा सतर्क रहन सुझाव

काठमाडौं,२८ असार । केही दिनदेखि निरन्तर परिरहेको वर्षा अझै तीनदिन जारी रहने मौसम अनुमान विभागले जनाएको छ । यो मनसुनी वर्षा पर्सि शनिबारसम्म जारी रहने र अझ भारी वर्षाको सम्भावना रहेको बताईएको छ ।

अझै मनसुन सक्रिय रहेकोले पूर्वदेखि पश्चिमसम्म देशैभरी भारी वर्षाको सम्भावना रहेको जानकारी दिईएको छ।

  देशका पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै शनिबारसम्म सतर्क रहन विभागले सचेत गराएको छ । 

मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ ।

बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शुक्रबार दिउँसो र साँझ मध्यमखालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ ।

शनिबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ ।  

विभागका अनुसार, हाल काठमाडौं उपत्यकाको विशेषत भक्तपुर क्षेत्रमा भारी वर्षा पछी मनोहरा नदीमा ज्यादै उच्च बहाब भैरहेको छ। तटीय ठुलो क्षेत्रमा बेलुकी सम्मै डुवानको जोखिम देखिन्छ। विष्णुमती, नख्खु, बागमती लगायतमा भने बहाबले खतरा पार गरेको देखिंदैन।

आज बिहीबार अधिकांश नदीहरूमा बहाब बढ्दो क्रममा रहने , केहीमा आज मध्यरात सम्म सतर्कता आसपस पुग्ने संभावना भएकाले सतर्क रहन अवश्यक छ । आज बागमती नदीजलाधारमा मध्यम  बर्षा भएरहेकोले बागमती र यसका शाखा नदीहरूका तटिय क्षेत्रमा हुनेहरू बिशेष सतर्कता अपनाउन पनि विभागले सचेत गरेको छ ।

भक्तपुरमा पछिल्लो ४ वर्षमा आजको सहित २ वटा ठुला बाढीका घटना भएका छन। १०० किलोमिटर स्क्वायर भन्दा ठुलो क्षेत्रमा फैलिएको जलाधारको लागि त्यसमा प्रबाह हुन सक्ने बहाबको सहि मुल्याङ्कन नगरी संरचनाहरु निर्माण पो भएकी भनेर पटक पुनविचार गर्नु पर्ने अवस्था आएको विभागको सुझाव छ ।  
 

कोटेश्वर–जडीबुटी सडकमा तिहारअघि बेलिब्रिज बन्ने 

काठमाडौं । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै

प्रहरीकै पोलिग्राफ टेष्ट सुरु, भेटिएला त हत्यारा बारे तथ्य ?

काठमाडौं, ८ साउन । कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको प्रारम्भीक अनुसन्धानमा संलग्न प्रहरीले

अवरुद्ध रहेको बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी, ८ असोज । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र

श्रम शोषण गर्दै चप्पल उद्योग

विराटनगर, ८ असोज । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय